शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

मिसेस नेपाल अस्ट्रेलिया २०२५’को कोरियोग्राफरमा रोजिन

बुधबार, २८ साउन २०८२, ०९ : २९
बुधबार, २८ साउन २०८२

सारांश

  • मिसेस नेपाल अस्ट्रेलिया २०२५ को कोरियोग्राफी रोजिन शाक्यले गर्ने भएका छन्।
  • यो प्रतियोगिता अस्ट्रेलियामा बसोबास गर्ने विवाहित नेपाली महिलाहरूको प्रतिभा उजागर गर्न आयोजना हुँदैछ।
  • रोजिन शाक्यलाई फेसन कोरियोग्राफीको दुई दशकभन्दा बढी अनुभव छ।

काठमाडौँ । ‘मिसेस नेपाल अस्ट्रेलिया २०२५’को कोरियोग्राफी रोजिन शाक्यले गर्ने भएका छन् । हिमाली कल्चर ग्रुप मेलबर्न र इभेन्ट्स नेपाल अस्ट्रेलियाको सहकार्यमा आयोजना हुने प्रतियोगिता लागि उनी आधिकारिक कोरियोग्राफर चुनिएका हुन् । 

अस्ट्रेलियामा बसोबास गर्ने विवाहित नेपाली महिलाहरूको प्रतिभा, पहिचान र सामर्थ्यलाई उजागर गर्ने उद्देश्यले सुरु गरिएको यो एक प्रेरणादायक पहल हो । शाक्यको नियुक्तिसँगै प्रतियोगितामा सहभागी हुने प्रतिस्पर्धीहरूलाई अन्तर्राष्ट्रिय स्तरको नृत्य, प्रस्तुति र व्यक्तित्व विकास सम्बन्धी तालिम प्रदान गरिनेछ । कार्यक्रममा इभेन्ट व्यवस्थापन सिजन मिडियाले गर्नेछ। 

दुई दशकभन्दा बढीको अनुभव बोकेका शाक्यलाई नेपालको सबैभन्दा सफल फेसन कोरियोग्राफरहरूमध्ये एक मानिन्छ । उनले १२०० भन्दा बढी कार्यक्रमहरू कोरियोग्राफ गरिसकेका छन्, जसमा ३०० भन्दा बढी फेसन शो र अन्तर्राष्ट्रिय स्तरका सौन्दर्य प्रतियोगिताहरू जस्तै हेरिटेज पेजेन्ट्स, मिस मरमेड सिंगापुर, मोडल सुपरस्टार मुम्बई र मिस तामाङ वर्ल्ड जस्ता इभेन्टहरू समावेश छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप