एकीकृत समाजवादीकाे केन्द्रीय सदस्य उमा काफ्ले एमाले प्रवेश
सारांश
- नेकपा (एस) की केन्द्रीय सदस्य उमा काफ्ले एमालेमा प्रवेश गरिन्।
- पार्टी प्रवेश कार्यक्रम लुम्बिनी प्रदेश कमिटीको बैठकमा भएको थियो।
- काफ्ले रुपन्देहीकी हुन् र उनी सिद्धार्थनगरकी पूर्व उपप्रमुख पनि हुन्।
बुटवल । नेकपा (एकीकृत समाजवादी)काे केन्द्रीय सदस्य उमा काफ्ले नेकपा एमालेमा प्रवेश गरेकी छिन् । दाङको लमहीमा सुरु भएको एमाले लुम्बिनी प्रदेश कमिटीको पाँचौँ पूर्ण बैठकमा काफ्लेलाई एमाले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालले पार्टीमा प्रवेश गराएकी हुन् ।
रुपन्देहीकी महिला नेतृ काफ्ले सिद्धार्थनगर नगरपालिकाकी पूर्व उपप्रमुख समेत हुन् । बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहितको नेतृत्वको सहभागिता रहेको छ ।
प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षता र केन्द्रीय सचिव तथा लुम्बिनी इन्चार्ज पद्मा अर्यालको प्रमुख आतिथ्यतामा जारी बैठकमा मनोनीत सदस्यको शपथ, अन्तर पार्टी निर्देशन १२ अध्ययन, सचिवालयको निर्णय अनुमोदन, प्रदेश कमिटीमा मनोनयन, वार्षिक कार्ययोजना २०८१ को समीक्षा, वार्षिक कार्ययोजना २०८२ को प्रस्ताव, वडा तथा टोल केन्द्रित अभियानको निरन्तरता र विधान महाधिवेशनको तयारीलगायत एजेन्डामा छलफल भइरहेको छ ।
बैठकका अन्य एजेन्डामा जिल्ला कमिटी, सल्लाहकार कमिटी र विभिन्न विभागहरूको बैठकसम्बन्धी प्रस्तावहरू समेत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रालयको बोर्डबाटै 'यातायात' शब्द गायब गरियो : अध्यक्ष सिटौला
-
दोहोरी साँझ नजिकै भएको कुटपिटबाट युवकको मृत्यु, चार जना पक्राउ
-
दीपक भट्ट र सुलभ अग्रवालको आज विशेष अदालतमा थुनछेक बहस
-
सम्झौताको अस्पष्टताले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि उकालो, बजारमा अझै संशय
-
सुधार नगरे काठमाडौँको सडक ठप्प हुने ट्राफिक प्रहरीको चेतावनी, नियम मिच्नेलाई ५० हजारसम्म जरिवाना प्रस्ताव
-
अमेरिकामा वायुसेनाको बी-५२ बमवर्षक विमान दुर्घटना, दुई बोइङ कर्मचारीसहित आठ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण