आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

मिशिगनमा पिकअप ट्रकले भ्यानलाई ठक्कर दिँदा ६ जनाको मृत्यु

बिहीबार, २९ साउन २०८२, ११ : ५४
बिहीबार, २९ साउन २०८२

सारांश

  • मिशिगनमा एउटा पिकअप ट्रकले भ्यानलाई ठक्कर दिँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ।
  • दुर्घटना टस्कोला काउन्टीको गिलफोर्ड टाउनशिपमा भएको थियो, जसमा १३ जना सवार थिए।
  • भ्यानमा अमिश समुदायका मानिसहरू सवार थिए र घाइतेहरूको अवस्था अज्ञात छ।

वासिङ्टन डिसी । अमेरिकाको मिशिगनको ग्रामीण क्षेत्रमा एउटा पिकअप ट्रकले स्टप साइनलाई बेवास्ता गर्दै एउटा भ्यानलाई ठक्कर दिँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । 

दुर्घटना स्थानीय समयअनुसार मंगलबार दिउँसो डेट्रोइटबाट लगभग १६० किलोमिटर उत्तरमा रहेको टस्कोला काउन्टीको गिलफोर्ड टाउनशिपमा भएको हो । दुबै गाडीमा १३ जना सवार थिए । यी मध्ये १० जना भ्यानमा थिए ।

 भ्यानमा सवार सबै जना अमिश समुदायका मानिस भएको बताइएको छ । ट्रक र भ्यान ठक्कर खाएपछि यसमा सवार कयौँ मानिसहरू बाहिर खसेका थिए । यस दुर्घटनामा हालसम्म छ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

 अरू घाइतेहरूको अवस्था थाहा हुन सकेको छैन । भ्यान कता जाँदै थियो वा कहाँबाट आइरहेको थिए भन्ने कुरा पनि थाहा हुन सकेको छैन। यस दुर्घटनामा सात जनालाई अस्पतालमा भर्ना गरिएको छ, तिनीहरूको अवस्था अझै स्पष्ट नभएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप