जलवायु परिवर्तनबारे राष्ट्रिय सम्मेलन मुस्ताङमा, ७५३ पालिकाका प्रमुखलाई निम्तो
सारांश
- मुस्ताङको घरपझोङ गाउँपालिकाले जलवायु परिवर्तन सम्मेलन आयोजना गर्दैछ, जसले स्थानीय तहलाई एकै ठाउँमा ल्याउनेछ।
- सम्मेलनको उद्देश्य जलवायु परिवर्तनका असरबारे साझा धारणा बनाउनु र न्यूनीकरणका लागि ऐक्यबद्धता जुटाउनु हो।
- भदौ ३१ गते जोमसोममा हुने सम्मेलनमा पालिका प्रमुखहरू र चालकहरू सहभागी हुनेछन्, खाना र बासको व्यवस्था आयोजकले गर्नेछ।
काठमाडौँ । जलवायु परिवर्तनका असरहरू न्यूनीकरण र अनुकूलनका लागि साझा ऐक्यबद्धता जनाउन मुस्ताङको घरपझोङ गाउँपालिकाले देशैभरका स्थानीय तहहरूलाई एकै ठाउँमा भेला गराउने भएको छ ।
गाउँपालिकाले आगामी भदौ ३१ गते जोमसोममा राष्ट्रिय स्तरको ‘जलवायु परिवर्तन सम्मेलन’ आयोजना गर्ने घोषणा गर्दै नेपालका सबै ७५३ वटै गाउँपालिका तथा नगरपालिकाका प्रमुख/अध्यक्षहरूलाई निमन्त्रणा पठाएको हो ।
तराई, पहाड र हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे राष्ट्रिय स्तरमा साझा धारणा बनाउने र न्यूनीकरणका लागि सबै स्थानीय तहको ऐक्यबद्धता जुटाउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले बताए ।
सम्मेलनमा सहभागी हुने प्रमुख/अध्यक्ष र एक जना सवारी चालकको नामावली भदौ २० गतेभित्र उपलब्ध गराउनुपर्नेछ । सम्मेलनमा सहभागी हुने पालिकाले जलवायु परिवर्तनले पारेको असरबारे एक धारणा (विवरण), त्यसलाई देखाउने फोटो र एउटा नारा तयार पारी गाउँपालिकाको इमेलमा पठाउनुपर्नेछ । सम्मेलनको मूल नारा ‘स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी’ तय भएको छ ।
आयोजकद्वारा खाना र बासको व्यवस्था
सम्मेलनमा सहभागी हुन आउने सबै पालिकाका प्रमुख/अध्यक्ष र एक जना सवारी चालकका लागि भदौ ३० र ३१ गते (दुई रात एक दिन) को खाना, बास र खाजाको व्यवस्था आयोजक घरपझोङ गाउँपालिकाले नै गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण