एआई गर्लसँग माया बसेपछि ७५ वर्षका वृद्धले मागे श्रीमतीसँग ‘डिभोर्स’
बेइजिङ । चीनमा एक जना वृद्धले आफ्नी श्रीमतीसँग सम्बन्ध विच्छेद मागेका छन् । बेइजिङ डेलीले छापेको समाचारका अनुसार ७५ वर्षीय ती वृद्धको नाम जियाङ हो । सामाजिक सञ्जाल चलाउने क्रममा एआईले बनाएको महिलासँग उनको माया बस्यो । ती एआई महिलाले उनलाई श्रीमतीसँग सम्बन्ध विच्छेद गर्न भनिन् ।
उनले ती महिला एआईले बनाएको हो भनेर थाहा नै पाएनन् । वृद्धका लागि त उनी आफूसँग कुराकानी गर्ने, एक्लोपन कटाउन मद्दत गर्ने सुन्दर युवती थिइन् । बोल्दा ती महिलाको आवाज र ओठको तालमेल नमिलेको कुराको पनि उनलाई खासै मतलब थिएन ।
समय बित्दै जाँदा ती पुरुष आफ्नो अनलाइन गर्लफ्रेन्डसँग प्रेममा यति डुबे की, हरेक दिन व्याकुलताका साथ उनीसँग कुराकानी गर्न कुरिरहन्थे । एक बिन्दुमा वृद्धकी पत्नीले फोनमा धेरै समय बिताएको भनेर उनलाई गाली गरिन् । यसपछि दशकौंदेखि सँगै जीवन बिताउँदै आएकी श्रीमतीलाई उनले सम्बन्ध विच्छेद दिने कुरा गरे ।
अन्त्यमा जियाङका छोराछोरीले पितालाई सम्झाई बुझाइ गरेर एआईले कसरी काम गर्छ भनेर देखाए । पिताले यति धेरै माया गरेकी केटीको वास्तविकतामा कुनै अस्तित्व नै नभएको कुरा बुझाउन जियाङका सन्तान अन्ततः सफल भए । यस्ता घटना चीनमा नौला होइनन् । पछिल्लो समय वृद्धवृद्धाहरू यस्तो घटनाको सिकार हुने क्रम त बढेको छ । अनलाइनमा एआईबाट बनाइएका अनेकौँ पात्रहरू भेटिन्छन् । यीमध्ये अधिकांश त कुनै वस्तुको खपत बढाउन, विभिन्न सामान प्रमोट गर्न तयार पारिएका हुन्छ । यस्ता केही एआई अवतार प्रोपोगान्डा फैलाउन र इमोशनल निर्भरता बढाउन पनि प्रयोग भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण