शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकामाथि भर परिरहेका छौँ : राष्ट्रपति जेलेन्स्की

शुक्रबार, ३० साउन २०८२, १९ : ४८
शुक्रबार, ३० साउन २०८२

काठमाडौँ । अलास्कामा हुन गइरहेको अमेरिका र रुसबिचको वार्ताको पूर्वसन्ध्यामा युक्रेनी राष्ट्रपति भ्लोडिमिर जेलेन्स्कीले आफूहरू अमेरिकामाथि भर परिरहेको टिप्पणी गरेका छन् । 

केही समयअघि सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जारी विज्ञप्तिमा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ताजा टिप्पणीहरूसँग मेल खाने अभिव्यक्ति दिँदै भने, ‘आजको बैठकमा साँच्चिकै ठुलो दाउ लागेको छ ।’

जेलेन्स्कीका अनुसार वार्ताले ‘न्यायपूर्ण शान्तितर्फको वास्तविक बाटो खोल्ने’ र युक्रेन, अमेरिका तथा रुसबिच त्रिपक्षीय बैठकको मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ ।

युक्रेनले पूर्वी युक्रेनमा रुसको अग्रगमन रोक्न थप फौज पठाइरहेको जानकारी दिँदै उनले डोनेट्स्क र जापोरिज्झिया क्षेत्रमा विशेष ध्यान दिइएको बताए । यी दुवै क्षेत्र आजको वार्ताको केन्द्रमा रहने सम्भावना छ ।

वक्तव्यको अन्त्यमा जेलेन्स्कीले युद्धको समाप्तिका लागि रुसलाई ‘आवश्यक कदम चाल्न’ आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप