राजु गोर्खाली पक्राउ पर्नुको कारण १० करोडको चेक बाउन्स
काठमाडौँ । गुण्डा नाइके राजु गोर्खाली ‘राजेन्द्र बहादुर गोर्खाली’ आइतबार चन्द्रागिरी स्थित चोभारबाट पक्राउ परे । उनी बैंकिङ्ग कसुर मुद्दामा पक्राउ परेका हुन् । गोर्खालीले टिकाराम तिवारीलाई दिएको १० करोडको चेक बाउन्स भएको छ ।
गोर्खालीलई १० करोडको बैंकिङ्ग कसुर मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
उनी विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले पक्राउ गरेर उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएको छ । ५५ वर्षीय गोर्खाली काठमाडौँ महानगरपालिका वडा नम्बर–७ मा बस्दै आएका छन् ।
काठमाडौँ उपत्यकामा सक्रिय पुराना गुण्डा मध्येका गोर्खाली २०७४ र २०७५ मा पक्राउ परेर छुटेका थिए । त्यसबेला सञ्चयकोषको स्वामित्वमा रहेको काठमाडौँ मल बाहुबली प्रयोग गरेर ठेक्कामा लिएको र धेरै भाडा उठाउने क्रममा विवाद गरेको आरोपमा पक्राउ परेर छुटेका थिए ।
उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण