राजधानीको बुढानीलकण्ठमा स्कुटर र मोटरसाइकल ठोक्किँदा २ को मृत्यु, ३ घाइते
सारांश
- काठमाडौंको बूढानिलकण्ठ नगरपालिकामा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ र तीन जना घाइते भएका छन्।
- दुर्घटनामा घाइते भएका गोरखाका एक युवकको उपचार भइरहेको छ भने दुई जनाको अवस्था गम्भीर रहेको छ।
- सिराहाका एक युवक र नाम नखुलेका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–७, स्पेसलचोकमा आज बिहान मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
प्रहरी प्रभाग बूढानीलकण्ठका अनुसार आइतबार बिहान करिब १:४७ बजे गोल्फुटारतर्फ जाँदै गरेको प्रदेश ३-०२-००२ प ५७२ नम्बरको सुजुकी जिक्सर मोटरसाइकल र बूढानीलकण्ठतर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०४१ प ६८१९ नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा गोरखा आरुपोखरी घर भई हाल बूढानीलकण्ठ–८ बस्ने २४ वर्षीय एरिक परियार घाइते भएका छन्। उनको निधार र खुट्टामा चोट लागेको र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
यस्तै, करिब २८–३० वर्षका एक पुरुषको हात र टाउकोमा चोट लागेको छ भने करिब ३०–३२ वर्षका अर्का युवकको टाउकोमा चोट लागेको छ। दुबै जनाको अवस्था गम्भीर छ र उनीहरूको समेत त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
तर दुर्घटनामा गम्भीर घाइते भएका सिराहा घर भएका २९ वर्षीय भोला थापालाई सोही अस्पतालमा उपचारको क्रममा चिकित्सकले २:१५ बजे मृत घोषणा गरेका छन्। त्यस्तै, करिब ३५ वर्षका अझै नाम, थर र ठेगाना नखुलेका एक पुरुषलाई समेत सोही समयमा मृत घोषणा गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि दुबै सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ भने मृतक र घाइतेका आफन्तको खोजी भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण