सुधारिएको युनाइटेड, जिते पनि आर्सनलको खेल खस्कँदो
सारांश
- म्यानचेस्टर युनाइटेडले यस सिजन उत्कृष्ट प्रदर्शन गर्ने आशा देखाएको छ, नयाँ खेलाडीहरूको योगदान महत्त्वपूर्ण छ।
- आर्सनलविरुद्धको खेलमा युनाइटेडले आक्रामक खेल खेल्यो, तर गोल गर्न सकेन, जबकि आर्सनलले जित हासिल गर्यो।
- युनाइटेडको बल पोजिसनमा सुधार र आक्रामक शैलीले टोलीलाई नयाँ रूप दिएको छ, तर पहिलो खेलमा आर्सनलसँग पराजित भयो।
काठमाडौँ । म्यानचेस्टर युनाइटेडले यो सिजन उत्कृष्ट प्रदर्शन गर्ने आशा देखाएको छ । सिजनको पहिलो खेलमा आर्सनलसँग युनाइटेड १–० गोल अन्तरले पराजित भए पनि युनाइटेडले आफ्नो उत्कृष्ट पुनरागमन भएको सन्देश दिएको छ ।
युनाइटेडका नयाँ खेलाडीहरूले टिमका लागि सुधारिएको प्रदर्शन गर्नमा ठुलो भूमिका खेलेका छन् । टिमका नयाँ खेलाडी माथेउस कुन्हा र ब्रायन एमबेउमोले युनाइटेडले आशा गरेजस्तै प्रदर्शन देखाए ।
प्रिमियर लिग क्लब आर्सनलका मुख्य प्रशिक्षक मिकेल आर्टेटाको मुख्य शक्ति भनेको अधिकांश खेलहरूमा बल पोजिसनमा आफ्नो पकड जमाउनु हो । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भने आर्सनलको त्यो खेल देखिएन । युनाइटेड विरुद्धको खेलमा आर्सनलको बल पोजिसन जम्मा ३८ प्रतिशत थियो भने युनाइटेडको ६२ प्रतिशत रहेको थियो ।
गत सिजनमा युनाइटेडको फ्रन्ट लाइन त्यति राम्रो थिएन । प्रिमियर लिगका टोलीहरू युनाइटेडमाथि हावी हुन्थे । यो सिजन भने युनाइटेड बेग्लै देखिएको छ । आक्रामक फुटबलको सन्देश युनाइटेडले पहिलो खेलबाट नै दिएको छ । जुन आर्सनलविरुद्धको खेलमा स्पष्ट देखिएको छ ।
आर्सनलविरुद्धको खेलमा युनाइटेडले २२ उत्कृष्ट सट प्रहार गरे पनि गोलमा भने परिणत हुन सकेन । जबकि आर्सनलको मात्र ९ सट रहेको थियो । सट अन टार्गेटमा पनि युनाइटेडको ७ थियो भने आर्सनलको मात्र ३ थियो ।
युनाइटेडको यो आक्रामक शैलीले प्रशिक्षक अमोरिमको टोलीलाई नयाँ अवतारमा देखिएको छ । पहिलो खेलमा बल पोजिसनमा पनि युनाइटेडले धेरै सुधार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुनै शीर्ष नेतासँग भेटवार्ता भएको छैन : मुख्यमन्त्री आचार्य
-
काठमाडौँ–तराई द्रुतमार्ग निर्माणमा ढिलाइप्रति राष्ट्रियसभा सदस्यहरूको असन्तुष्टि
-
बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते
-
चालु आर्थिक वर्षमा संसद्मा कुन मन्त्रालयबाट कुन–कुन विधेयक दर्ता हुँदैछन् ?
-
विश्वकप जितको उत्सव मनाउने क्रममा स्पेनमा १३ वर्षीय बालकको मृत्यु
-
प्रदेश समीकरणबारे विश्वप्रकाश : प्रतिपक्षविहीन हुन नहुने बटमलाइन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण