शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

‘पुराना पार्टीहरूले केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित भाष्य निर्माण गरियो’

सोमबार, ०२ भदौ २०८२, १७ : ०४
सोमबार, ०२ भदौ २०८२

सारांश

  • शेरबहादुर देउवाले पुराना दलहरूले केही गर्न सक्दैनन् भन्ने नकारात्मक भाष्य निर्माण भइरहेको बताए।
  • उनले यस्ता चुनौती चिर्दै सशक्त र क्रियाशील हुन आवश्यक रहेको बताए।
  • देउवाले आगामी निर्वाचनमा बहुमत ल्याई कांग्रेसको सरकार बनाउनुपर्नेमा जोड दिए।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुराना राजनीतिक दलहरूले केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित र नकारात्मक भाष्यहरू निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने काम भइरहेको बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्ता भाष्य र चुनौतीहरू चिर्दै अझ बढी सशक्त र क्रियाशील हुन आवश्यक रहेको बताएका हुन् । 

सभापति देउवाले भने, ‘पुराना पार्टीहरूले केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित र नकारात्मक भाष्यहरू निर्माण गरी समाजलाई दिग्भ्रमित गर्ने कोसिस भइरहेको छ । तर यस्ता भाष्य र चुनौतीहरू चिर्दै अझ बढी सशक्त र क्रियाशील हुन आवश्यक छ । नेपाली काँग्रेसका सबै भ्रातृ संस्था र सङ्गठनहरूलाई क्रियाशील र गतिशील बनाउँदै पार्टीभित्र वृहत् एकता कायम गरी आगामी निर्वाचनमा बहुमत ल्याइ नेपाली काँग्रेसको स्थिर सरकार निर्माण गर्न तपाईँ हामी सबैले अझ बढी समर्पणका साथ काम गर्न आवश्यक छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप