मोहम्मद सालाहलाई कीर्तिमानी तेस्रो पटक पीएफए वर्ष खेलाडीको अवार्ड
सारांश
- मोहम्मद सालाहले पीएफए वर्षको पुरुष खेलाडी अवार्ड जितेका छन्।
- मोर्गन रोजर्सलाई वर्षको युवा खेलाडीको अवार्ड प्रदान गरियो।
- सालाहले २०२४-२५ प्रिमियर लिगमा २९ गोल र १८ असिस्टसहित शीर्ष स्कोरर बनेका थिए।
लण्डन । लिभरपुलका विङ्गर मोहम्मद सालाहले प्रोफेशनल फुटबलर्स’ एसोसिएसन (पीएफए) पुरुष वर्षको खेलाडी अवार्ड जितेका छन्। त्यस्तै, एस्टन भिल्लाका मिडफिल्डर मोर्गन रोजर्सलाई भने वर्षको युवा खेलाडीको अवार्ड प्रदान गरिएको छ।
इंग्ल्याण्डका पूर्वव्यवस्थापक सर गेरेथ साउथगेटलाई फुटबलमा गरेको योगदान र राष्ट्रिय टोलीसँगको उपलब्धिको कारण यस वर्षको पीएफए मेरिट अवार्ड दिइएको छ।
३३ वर्षीय सालाह यस अवार्डलाई तीन पटक जित्ने पहिलो खेलाडी बनेका छन्। उनले गत सिजन लिभरपुललाई प्रिमियर लिग उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।
सालाहले भने, ‘सुरुमा त परिवारका लागि व्यवस्था गर्ने, खेलाडी बन्ने र नाम कमाउने मात्रै सोच्थे। तर समयसँगै दृष्टिकोण फरक हुन्छ र ठुला कुरा हेर्न सकिन्छ।’
सालाह २०२४-२५ प्रिमियर लिगमा २९ गोल र १८ असिस्टसहित शीर्ष स्कोरर बनेका थिए।
सर्टलिस्टमा उनका सहकर्मी एलेक्सिस म्याक अलिस्टर, म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेस, न्युक्यासलका एलेक्जान्डर इसाक, चेल्सीका कोल पाल्मर र आर्सनलका डेक्लान राइस पनि रहेका थिए।
यसअघि पनि सालाहले २०२४-२५ प्रिमियर लिग प्लेयर अफ द सिजन अवार्ड र फुटबल राइटर्स’ एसोसिएसन (एफडब्लूए) फुटबलर अफ द इयर जितिसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्थ्रोपिकको कोडिङ टुल प्रयोग गर्न अलिबाबाका कर्मचारीलाई रोक
-
ट्रम्पको चेतावनी–'एकै आक्रमणमा इरानी नेतृत्व समाप्त गर्न सक्थ्यौँ', इरानको जवाफ– 'तपाईंसँग न सभ्यता छ, न सम्मान'
-
थाइल्याण्डबाट चक्लेटको प्याकेटमा लुकाएर गाँजा ल्याउने भारतीय नागरिक पक्राउ
-
क्रियाशील सदस्यता अध्यावधिकको प्रतिवेदन असार २५ गतेभित्र बुझाउन तरुण दलको निर्देशन
-
मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु
-
यी मान्छेले खानै हुँदैन नरिवल पानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण