सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
संसद् बैठक

उपसभामुख रानाको अमेरिका भ्रमणबारे कांग्रेसले उठायो प्रश्न

बुधबार, ०४ भदौ २०८२, १३ : ४४
बुधबार, ०४ भदौ २०८२

सारांश

  • नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको अमेरिका भ्रमणबारे प्रश्न उठाएको छ।
  • सभामुख देवराज घिमिरेले उपसभामुखको व्यक्तिगत भ्रमण भएको बताए।
  • उपसभामुख रानामगर भदौ १३ गते नेपाल फर्किने कार्यक्रम छ, र उनीविरुद्ध हस्ताक्षर संकलन सुरु भएको छ।

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको अमेरिका भ्रमणबारे प्रश्न उठाएको छ । प्रतिनिधिसभा बैठकअघि सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले उपसभामुखको अमेरिका भ्रमणबारे प्रश्न उठाएका हुन् । 

उनले बैठकमा उपसभामुख रानाको अमेरिका भ्रमण संसद्कै कार्यक्रम हो कि बाहिरको ? भन्ने प्रश्न सोधेपछि सभामुख घिमिरेले ‘उहाँ (उपसभामुख) आफ्नो व्यक्तिगत भ्रमणमा जानुभएको हो’ भन्ने जवाफ दिएका थिए । 

अमेरिका भ्रमणमा रहेकी उपसभामुख राना यी भदौ १३ गते नेपाल फर्कने कार्यक्रम रहेको छ । यता उनीविरुद्ध सत्तारुढ दल एमाले र कांग्रेसले पदीय आचरण विपरीत काम गरेको भन्दै हटाउन भन्दै हस्ताक्षर सङ्कलन सुरु गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप