मन्त्रिपरिषद् बैठक: कर्णाली प्रदेश अस्पतालकाे निर्देशकमा गणेश थापा, अन्य के-के भए निर्णय ?
सारांश
- कर्णाली प्रदेश सरकारले मुख्यमन्त्रीलाई प्रदेश सचिवहरूको सरुवा सम्बन्धी अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ।
- प्रदेश सरकारले कृषि क्षेत्रको विकासका लागि 'उच्च मूल्य कृषि वस्तु उत्थानशील कार्यक्रम' को अस्थायी संरचना स्वीकृत गरेको छ।
- मन्त्रीपरिषद् बैठकले कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. गणेश थापालाई नियुक्त गरेको छ।
सुर्खेत । कर्णाली प्रदेश सरकारले मुख्यमन्त्रीलाई प्रदेश सचिवहरूको पदस्थापन र सरुवा सम्बन्धी अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका लागि तीनवटा निर्णय गरेको हो।
प्रदेश सरकारका प्रवक्ता विनोद कुमार शाहका अनुसार नेपाल सरकारले प्रदेशमा खटाएका सचिवहरूलाई आवश्यकताअनुसार विभिन्न मन्त्रालयमा पदस्थापन गर्ने र त्यसको जानकारी राजपत्रमा प्रकाशित गर्ने अधिकार मुख्यमन्त्रीलाई दिइएको छ।
यसअघि सचिवहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हाजिर भएपछि मन्त्रिपरिषद् बैठकले नै पदस्थापन गर्ने व्यवस्था थियो।
त्यसैगरी, बैठकले कृषि क्षेत्रको विकासका लागि सञ्चालन हुने ‘उच्च मूल्य कृषि वस्तु उत्थानशील कार्यक्रमको अस्थायी सांगठनिक संरचनालाई पनि स्वीकृति प्रदान गरेको छ।
प्रवक्ता शाहका अनुसार नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, आईफाड र एसियाली विकास बैंकको सहकार्यमा सञ्चालन हुने यस कार्यक्रमका लागि आवश्यक कर्मचारीको अस्थायी दरबन्दी पारित गरिएको हो।
यो कार्यक्रमअन्तर्गत सुर्खेतमा एउटा मुख्य कार्यालय तथा जाजरकोट र जुम्लामा ‘करिडोर कार्यक्रम’ स्थापना गरी काम अघि बढाइनेछ।
यसका साथै, मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. गणेश थापालाई नियुक्त गर्ने निर्णय गरेको छ।
उनी यसअघि निमित्त निर्देशकका रुपमा काम गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा
-
अभिनयमा कमब्याक गर्दै कैट्रिना
-
चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा
-
एमसीए–नेपालद्वारा दुई नयाँ सबस्टेसन र २९७ किमि प्रसारण लाइन निर्माणको शुभारम्भ
-
गैरनेपालीलाई नागरिकता दिलाएको आरोपमा वडा अध्यक्ष र सचिवसहित चारजना पक्राउ
-
रामपाले व्यवहार र परिणामका आधारमा सरकारको मूल्याङ्कन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण