मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

लिपुलेकमार्फत सिमापार व्यापार गर्ने चीन–भारत सहमतिप्रति नेकपाको आपत्ति

बिहीबार, ०५ भदौ २०८२, १९ : ००
बिहीबार, ०५ भदौ २०८२

काठमाडौँ । चीनका विदेश मन्त्री वाङ यीको हालैको भारत भ्रमणका क्रममा भारतीय विदेश मन्त्री एस. जयशंकरसँग भएको वार्तामा १२ बुँदे सहमतिको ९ नम्बर बुँदामा नेपाली भूमि लिपुलेक पास, शिम्किला पास र नाथुला पासमार्फत सिमापार व्यापार पुनः सुरु गर्ने सहमति भएकोप्रति नेपाल कम्युनिष्ट पार्टीले कडा आपत्ति जनाएको छ ।

पार्टीका प्रवक्ता विश्वप्रकाश प्रकाण्डद्वारा जारी विज्ञप्तिमा नेपालको सार्वभौम र अखण्ड भूभागमा प्रत्यक्ष सरोकार राख्ने विषयमा नेपाल र नेपाली जनतालाई जानकारी नै नदिई चीन र भारतबिच यस्तो सहमति हुनु दुवै मुलुकको अहङ्कार, हस्तक्षेपकारी र अतिक्रमणकारी रवैयाको प्रमाण भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “हाम्रो देशको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतामाथिको यो आक्रमणको हाम्रो पार्टी घोर निन्दा र कडा भर्त्सना गर्दछ।”

साथै, पार्टीले दुई देशका विदेश मन्त्रीबिच भएको “अन्यायपूर्ण र राष्ट्रघाती सहमति” तत्काल फिर्ता लिन चीन र भारत सरकारलाई विशेष अपिल गरेको छ। सो सहमति खारेज गर्न नेपाल सरकारले तदारुकताका साथ पहल लिनुपर्ने माग पनि विज्ञप्तिमा गरिएको छ ।

536476086_1499376644583565_4101791425352817642_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप