पञ्चायतमा महिलाको अनौठो प्रस्ताव : ‘१५ दिन पतिसँग, १५ दिन प्रेमीसँग बस्छु’
सारांश
- भारतको रामपुर जिल्लामा एक महिलाले पतिको घरमा १५ दिन र प्रेमीको घरमा १५ दिन बस्ने प्रस्ताव पञ्चायतमा राखिन्।
- महिलाले पहिले पनि प्रेमीसँग भागेर ९ पटकसम्म प्रेमीसँगै गएकी थिइन्, तर पछि फर्किन्।
- पतिको आग्रहलाई अस्वीकार गर्दै महिलाले प्रेमीसँगै बस्ने निर्णय गरिन्, जसले गर्दा गाउँमा चर्चा परिचर्चा चल्यो।
रामपुर/भारत । भारतको उत्तर प्रदेश (युपी) को रामपुर जिल्लाको एउटा गाउँबाट एउटा अनौठो घटना सार्वजनिक भएको छ, जसले पूरै क्षेत्रलाई चकित बनाएको छ ।
यहाँ एक विवाहित महिलाले पञ्चायतमा यस्तो प्रस्ताव राखिन्, जुन सुनेर सबैजना स्तब्ध भए । ती महिलाले आफू महिनाको १५ दिन पतिसँग र १५ दिन प्रेमीसँग बस्न चाहेको बताइन् । पति र प्रेमीबिच यस्तो अनौठो सम्झौताको प्रस्ताव सुनेपछि पञ्चायतमा उपस्थित सबै तीनछक परेका थिए । हालसम्म ती महिला आफ्ना प्रेमीसँग १० पटक गइसकेकी छन् ।
विवादित प्रेम सम्बन्ध
भारतीय पत्रिका आजतकमा प्रकाशित समाचारअनुसार अजीम नगर थाना क्षेत्रकी एक युवतीको विवाह करिब डेढ वर्षअघि छिमेकी गाउँका एक युवकसँग भएको थियो । विवाहको केही महिनापछि नै उनको टाँडा क्षेत्रका अर्का युवकसँग प्रेम सम्बन्ध सुरु भयो । उनी पहिलो पटक करिब एक वर्षअघि प्रेमीसँग घरबाट भागेकी थिइन् । त्यतिवेला पञ्चायत बसेर सम्झाई–बुझाई उनलाई पतिको घर फर्काइयो । तर, त्यसपछि पनि उनी आफ्नो प्रेमीको मायाजालबाट बाहिर निस्कन सकिनन् ।
पटक–पटक घरबाट भागेर प्रेमीसँग गइन्
पछिल्लो एक वर्षमा ती महिला प्रेमीसँग कुल ९ पटक भागिसकेकी थिइन् । हरेक पटक पञ्चायत वा प्रहरीको सहयोगमा उनलाई घर फर्काइन्थ्यो । आठ दिनअघि उनी १०औँ पटक घरबाट गायब भइन् । र हैरान भएका पतिले अजीम नगर थानामा उजुरी दिए । प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिँदै महिलालाई प्रेमीको घरबाट फेला पारेर पतिलाई जिम्मा लगायो । तर अचम्मको कुरा, उनी पतिको घरमा एक रात मात्र बसिन् र भोलिपल्ट बिहानै फेरि प्रेमीकहाँ गइन् ।
पञ्चायतमा अनौठो प्रस्ताव
जब पति आफ्नी पत्नीलाई सम्झाउन प्रेमीको घर पुगे, त्यहाँ पञ्चायत बसिरहेको थियो । पञ्चायतमा पतिले हात जोडेर पत्नीलाई घर फर्कन आग्रह गरे, तर महिलाले सबैको अगाडि आफ्नो अनौठो प्रस्ताव राखिन् । उनले भनिन्, ‘म दुवैसँग बस्न चाहन्छु । महिनाको १५ दिन पतिको घरमा र १५ दिन प्रेमीको घरमा बिताउँछु ।’
महिलाको यो बयान सुनेर पञ्चायतमा खैलाबैला मच्चियो । अन्ततः निराश भएका पतिले हात जोड्दै भने, ‘मलाई माफ गर, अब तिमी आफ्नो प्रेमीसँगै बस ।’
महिलाको यो प्रस्ताव र पतिको जवाफ पूरै क्षेत्रमा चर्चाको विषय बनेको छ । गाउँका ज्येष्ठ नागरिकहरूले आफ्नो जीवनमा यस्तो घटना पहिलो पटक देखेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण