आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रत्नपार्कमा काँग्रेसको नयाँ नारा : ‘पाँच हजारको नाराले दुख पाए साराले’ (फोटोफिचर)

बुधबार, १३ असार २०७५, १५ : ४९
बुधबार, १३ असार २०७५

काठमाडौं–काङ्ग्रेसको भातृ संगठन तरुण दलले महंगी र भ्रष्टाचार बढेको तथा अदालत र प्रेश स्वतन्त्रताको सरकारले नै अपमान गरेको भन्दै प्रदर्शनसहित विरोधसभा गरेको छ । 

तरुण दलका नेता कार्यकर्ताहरु बुधबार काठमाडौको रत्नपार्कस्थित शान्ति बाटिकामा  भेला भएर प्रदर्शनसहित विरोधसभा गरेका हुन् ।

विरोधसभामा तरुण दलका अध्यक्ष जीतजंग बस्नेत लगायतले सम्बोधन गरेका थिए । 

सम्बोधनका क्रममा अध्यक्ष बस्नेतले महंगीले सर्वसाधारण जनाताको चुल्हो बल्नै नसक्ने अवस्थामा पुग्दा पनि सरकार भने र्दु तिहाइको दम्भ देखाएर बसेको अरोप लगाए । 

उनले बामपन्थी सरकारका क्रियाकलाप जनसरोकारका मुद्दामा केन्द्रीत हुनुको साटो राज्यसंयन्त्रको दुरुपयोग गर्नेतर्फ केन्द्रीत हुन थालेकाले तरुणदलले विरोध गर्नुपरेको बताए । 

विरोधसभाअघि तरुण दलका कार्यकर्ताहरु बालाजु, कलंकी, कोटेश्वर, लगनखेल लगायतबाट रत्नपार्क पुगेका थिए । 

पछिल्लो समय पिवक्षी काँग्रेसले सरकारमाथि दवाव बनाउने नीति ल्याएको छ ।

संसदमा पार्टी आफै सत्तापक्षसँग भिडेको छ भने सडकमा उसले भातृसंस्थालाई उचालेको छ । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप