उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगे नारायणकाजी
सारांश
- वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघर पुगे ।
- किसानहरूले प्रतिक्विन्टल ७० रुपैयाँ बक्यौता भुक्तानी र अनुदानको माग गरेका छन् ।
- आर्थिक वर्ष २०८१-८२ मा बिक्री गरेको उखुको भुक्तानी र अनुदानलाई निरन्तरता दिनुपर्ने माग छ ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उखु किसानको जारी आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका छन् । उनी मंगलबार दिउँसो आन्दोलनरत स्थान माइतीघरमा ऐक्यबद्धता जनाउन पुगेका हुन् ।
उखु किसान महासंघ संघर्ष समितिको आह्वानमा भएको आन्दोलनमा किसानहरूले प्रतिक्विन्टल रु ७० का दरले बक्यौता भुक्तानी हुनुपर्ने माग गरेका छन् ।
यस्तै चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा अनुदानका लागि बजेट विनियोजन नगरेको विषय पनि उनीहरूले उठाएका छन् ।
माइतीघर मण्डलामा शान्तिपूर्ण धर्नामा बसेका उनीहरूले आर्थिक वर्ष २०८१–८२ मा बिक्री गरेको उखुको एक अर्ब ६० करोड रुपैयाँ तत्काल भुक्तानी गर्नुपर्ने, आगामी वर्षमा उखुको अनुदानलाई निरन्तरता दिनुपर्ने र मूल्य निर्धारण आपसी छलफल गरेर मात्र गर्नुपर्ने माग गरेका छन् । सो क्रममा श्रेष्ठले किसानको जायज माग सरकारले पूरा गर्नुपर्ने बताए ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण