शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

उखु किसानको आन्दोलनमा पूर्वप्रधानमन्त्री भट्टराईको ऐक्यबद्धता

मङ्गलबार, १० भदौ २०८२, १४ : २३
मङ्गलबार, १० भदौ २०८२

सारांश

  • डा. बाबुराम भट्टराईले आन्दोलनरत उखु किसानहरूसँग ऐक्यबद्धता जनाए।
  • उखु किसानहरूले प्रतिक्विन्टल रु ७० का दरले बक्यौता भुक्तानीको माग गरेका छन्।
  • किसानहरूले आर्थिक वर्ष २०८१/८२ को बिक्रीको भुक्तानी र अनुदान निरन्तरताको माग गरेका छन्।

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आन्दोलनरत उखु किसानको मागप्रति ऐक्यबद्धता जनाएका छन् । 

मंगलबार भट्टराईले उखु किसानले आन्दोलन गर्दै आएको माइतीघरमा पुगेर ऐक्यबद्धता जनाएका हुन् । 

उखु किसान महासंघ संघर्ष समितिको आह्वानमा आइतबारदेखि भएको आन्दोलनमा किसानहरूले प्रतिक्विन्टल रु ७० का दरले बक्यौता भुक्तानी हुनुपर्ने माग गरेका छन् । 

यस्तै  चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा अनुदानका लागि बजेट विनियोजन नगरेको विषय पनि उनीहरूले उठाएका छन् ।

  उनीहरूले आर्थिक वर्ष २०८१/८२ मा बिक्री गरेको उखुको एक अर्ब ६० करोड रुपैयाँ तत्काल भुक्तानी गर्नुपर्ने, आगामी वर्षमा उखुको अनुदानलाई निरन्तरता दिनुपर्ने र मूल्य निर्धारण आपसी छलफल गरेर मात्र गर्नुपर्ने माग गरेका छन् ।

537942325_1946928882761928_6241806206295138939_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप