बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

यातायात व्यवस्था विभागले भन्यो– असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान नगरे पनि दण्ड/जरिवाना हुँदैन

मङ्गलबार, १० भदौ २०८२, १६ : ३९
मङ्गलबार, १० भदौ २०८२

सारांश

  • यातायात व्यवस्था विभागले असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान नगरेका सवारीलाई जरिवाना नगर्ने जनाएको छ।
  • विभागले सवारीधनीलाई अनुकूल समयमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न आग्रह गरेको छ र डिजिटलाइजेसनमा सहयोग गर्न अनुरोध गरेको छ।
  • इम्बोस्ड प्लेटको गुणस्तर र डाटा सुरक्षाबारे फैलिएका हल्ला गलत भएको विभागको दाबी छ, र सर्वोच्च अदालतको फैसलालाई स्मरण गराइएको छ।

काठमाडौँ । यातायात व्यवस्था विभागले आगामी असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान नगरेका सवारी साधनलाई तत्काल कुनै दण्ड/जरिवाना नगरिने स्पष्ट पारेको छ ।

विभागले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सवारी धनीहरूलाई आफूलाई अनुकूल भएको समयमा स्वःस्फूर्त रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न भनेको छ । 

इम्बोस्ड नम्बर प्लेटको विरोध भइरहेको बेला विभागले बरु सरकारको ‘डिजिटलाइजेसन’ कार्यमा सहयोग गर्न अनुरोध गरेको छ ।

यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको अध्यक्षतामा बसेको बैठकले २०८१ असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार विभागले भदौ ३ गते सार्वजनिक सूचना जारी गरेपछि विभिन्न क्षेत्रबाट गुनासो र चासो व्यक्त भएको थियो ।

विभागले इम्बोस्ड नम्बर प्लेटको गुणस्तर र डाटा सुरक्षाबारे फैलिएका हल्लाहरू गलत र भ्रामक भएको दाबी गरेको छ। प्लेटको गुणस्तर तोकिएअनुसार नै सुनिश्चित गरिएको र सवारी साधनको सम्पूर्ण विवरण तथा तथ्याङ्क नेपालभित्रै (यातायात व्यवस्था विभागको परिसरमा) सुरक्षित रहने गरी सर्भरको व्यवस्थापन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा इम्बोस्ड प्लेटमा प्रयोग हुने अंग्रेजी भाषाबारे सर्वोच्च अदालतको संवैधानिक इजलासले २०७६ मङ्सिर २७ गते नै सम्झौताअनुसार अंग्रेजी लिपि प्रयोगमा कुनै संवैधानिक र कानुनी त्रुटि नदेखिएको फैसला गरेको स्मरण गराइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप