लुम्बिनी लाभाजमा दुई विदेशी खेलाडी थपिए
लुम्बिनी । फ्रेन्चाईज भलिबल टिम लुम्बिनी लाभाजले थप दुई विदेशी खेलाडीलाई टिममा अनुबन्धन गरेको छ ।
वात्सल्य एभरेष्ट महिला भलिबल लिगका लागि लुम्बिनी लाभाजले रसियाकी केसेनीय तिसिना र किर्गिस्तानकी ओगुलाई कुडाई कुलोभालाई टिममा अनुबन्धन गरेको हो ।
प्रतियोगिताको नयाँ टिमको रूपमा रहेको लुम्बिनी लाभाजले आफ्नो टोलीलाई थप बलियो बनाउन रसिया र किर्गिस्तानबाट दुई खेलाडीलाई थप गरेको हो ।
रसियन केसेनीया रुसी राष्ट्रिय लिगमा लामो अनुभव बटुलेकी कुशल आउटसाइड हिटर हुन् । उनको शक्तिशाली स्पाइक, बलियो ब्लकिङ र स्थिर डिफेन्सले टोलीलाई महत्त्वपूर्ण लाभ पुग्ने विश्वास गरिएको छ ।
यस्तै किर्गिस्तानको राष्ट्रिय टोलीकी सदस्य भइसकेकी कुलोभा पनि आउटसाइड हिटर पोजिसनमा खेल्छिन् । उनको प्रभावशाली प्रहार गर्ने क्षमता र निरन्तर ऊर्जा भर्ने शैलीले टोलीलाई थप गतिशीलता दिने विश्वास टिमले लिएको छ ।
लुम्बिनी लाभाजले पहिलो विदेशी खेलाडीको रूपमा रसियाकी ब्लकर भेरोनिका जुवरेभालाई सार्वजनीक गरिसकेको छ । तीन विदेशी खेलाडीको आगमनले टिम बलियो बनेको विश्वास क्लबले गरेको छ ।
लुम्बिनी लाभाजले अक्सनमार्फत राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही सहित कामना विष्ट, अलिसा मानन्धर, शान्तीकला तामाङ, अनुसा चौधरी, रोमा महतो, जेनिसा विश्वकर्मा र रिकजना माझीलाई टोलीमा समावेश गरेको छ । यस्तै ट्यालेन्ट हन्टबाट जानकी केसीलाई अनुबन्धन गरेको छ ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीको उत्कृष्ट संयोजनले लुम्बिनी लाभाज यस सिजनको लिगमा एक शक्तिशाली टोलीका रूपमा प्रस्तुत हुने अपेक्षा छ ।
दोस्रो सिजनको प्रतियोगितामा उच्चस्तरीय प्रतिस्पर्धा र आकर्षक खेल प्रदर्शनका साथै नेपाली महिला खेलाडीको सशक्तीकरण र भलिबल खेलको लोकप्रियता बढाउन योगदान पुर्याउने लक्ष्य लुम्बिनी लाभाजले राखेको छ ।
इन्फिनिटी ड्रीम्स प्रा. लि.को आयोजनामा पोखरामा सञ्चालन हुने प्रतियोगिता भदौ २० देखि २८ गतेसम्म सञ्चालन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण