प्रभु बैंक लिमिटेड तथा मार्फा प्यालेस होटलबीच विशेष छुट सम्झौता
पोखरा । प्रभु बैंक लिमिटेड र घरपझोङ गाउँपालिका वडा नं. २ मार्फास्थित मार्फा प्यालेस होटलबीच व्यावसायिक साझेदारीको लागि एक कार्यक्रमका बीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
एक समारोहकाबीच मार्फा प्यालेस होटलका तर्फबाट केशव रिजाल र प्रभु बैंक लिमिटेड तर्फबाट, जोमसोम क्ल्स्टर प्रमुख तथा जोमसोम शाखाका शाखा प्रबन्धक नरेन्द्र थकालीले समझदारी ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिड÷क्रेडिट कार्ड तथा बैंकको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा मार्फा प्यालेस होटलमा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरूमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
स्याउको राजधानीको रूपमा चिनिने मार्फा गाउँमा अवस्थित मार्फा प्यालेस होटल आरामदायी बसाइका लागि न्यानो, परिवारमैत्री वातावरण, आरामदायी आवास र असाधारण सेवाका साथ मिश्रित नयाँ गन्तव्य हुनसक्छ ।
प्रभु बैंक लिमिटेड तथा मार्फा प्यालेस होटलबिच भएको यो साझेदारीले मुस्ताङको पर्यटनको प्रवर्द्धन हुनुका साथै प्रभु बैंक लिमिटेडका ग्राहकहरू पनि लाभान्वित हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ वर्षअघि किनेको २ करोड डलरको स्पेसएक्सको सेयर २० अर्ब पुग्यो
-
नवप्रवर्तन मन्त्रालयका लागि स्वयंसेवक बन्न महावीर पुनको आह्वान
-
हर्क साम्पाङले महावीरलाई गराए सचेत
-
हेजबुल्लासँग उद्धार बन्न नेतान्याहुलाई ट्रम्पको आग्रह
-
आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब नाघ्यो
-
महावीर पुनले भने : नवप्रवर्तन मन्त्रालयलाई बजेट धेरै भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण