शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
न्यायालय

दुई महिनापछि संवैधानिक इजलास गठन

बुधबार, ११ भदौ २०८२, ११ : ५८
बुधबार, ११ भदौ २०८२

सारांश

  • दुई महिनापछि सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन भएको छ।
  • प्रधानन्यायाधीशले न्यायाधीश छनौट गरेर संवैधानिक इजलास तोकेका छन्।
  • बुधबार र शुक्रबार नियमित रूपमा संवैधानिक इजलास गठन हुने न्यायिक अभ्यास छ।

काठमाडौँ । दुई महिनापछि सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन भएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले गोला प्रक्रियाबाट संवैधानिक इजलास गठनको प्रस्तावका कारण विवाद भएपछि दुई महिनादेखि इजलास बस्न सकेको थिएन । 

बुधबार प्रधानन्यायाधीशले आफैँले न्यायाधीश छनौट गरेर संवैधानिक इजलास तोकेका छन् । यसअघि संवैधानिक इजलासमा वरिष्ठताको आधारमा न्यायाधीश तोकिने गरिएको थियो। बुधबार संवैधानिक इजलासमा १५ वटा पेशी सुनुवाइका लागि तोकिएको छ ।

पछिल्लो समय संवैधानिक इजलासमा प्रधानन्यायाधीशसँग अन्य न्यायाधीशहरूको राय बाझिन थालेपछि प्रधानन्यायाधीश राउतले आफूखुसी अन्य न्यायाधीशहरू तोक्ने अडान राख्दै आएका थिए । 

बुधबार र शुक्रबार नियमित रूपमा संवैधानिक इजलास गठन हुने न्यायिक अभ्यास छ । हरेक बुधबार र शुक्रबार संवैधानिक इजलास बस्ने गरी तोकिएको छ । शुक्रबार नयाँ दर्ता भएका मुद्दामा प्रारम्भिक सुनुवाइ हुन्छ भने बुधबार पूर्ण सुनुवाइ हुने गर्छ । 

सङ्घीय इकाईहरूबिचको विवाद, कानुन, संविधानसँग बाझिएका विषय र निर्वाचनसम्बन्धी विवाद हेर्ने जिम्मेवारी तोकिएको यस इजलासमा संविधानको ‘गम्भीर व्याख्याको प्रश्न समावेश भएका’ अन्य विवाद पनि पठाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप