लुम्बिनी लाभाजको आधिकारिक ‘टिम एन्थम’ सार्वजनिक
सारांश
- लुम्बिनी लाभाजले दोस्रो संस्करणको महिला भलिबल लिगको लागि आधिकारिक टिम एन्थम सार्वजनिक गरेको छ।
- क्लबले एन्थम खेलप्रतिको समर्पण, ऊर्जा र जोश झल्काउने उद्देश्यले तयार पारेको जनाएको छ ।
- टिम व्यवस्थापकले यो गीत खेलाडी र समर्थकलाई भावनात्मक रूपमा जोड्ने माध्यम हुने बताइन्।
काठमाडौँ । लुम्बिनी लाभाजले आफ्नो आधिकारिक ‘टिम एन्थम’ सार्वजनिक गरेको छ । दोस्रो संस्करणको वात्सल्य एभरेस्ट महिला भलिबल लिगको तयारीमा रहेको लुम्बिनी लाभाजले टिम एन्थम सार्वजनिक गरेको हो ।
एन्थम लुम्बिनी लाभाजको खेलप्रतिको समर्पण, ऊर्जा र जोशलाई झल्काउने उद्देश्यका साथ तयार पारिएको क्लबले जनाएको छ । आकर्षक सङ्गीत र प्रेरणादायी शब्दहरूले भरिएको यो गीतले खेलाडी र समर्थकहरूमा नयाँ उत्साह थप्ने विश्वास गरिएको छ ।
एन्थम सार्वजनिक कार्यक्रममा टिम व्यवस्थापक स्तुति निरौलाले यो गीत केवल सङ्गीत मात्र नभई सम्पूर्ण खेलाडी र समर्थकलाई भावनात्मक रूपमा जोड्ने एक माध्यम हुने बताइन् ।
यसअघि नै लुम्बिनी लाभाजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडीहरूलाई अनुबन्ध गरेर आफ्नो टिमलाई बलियो बनाइसकेको छ । एन्थम सार्वजनिकसँगै टोलीले यस वर्षको लिगमा उत्कृष्ट प्रदर्शन गर्ने दृढ सङ्कल्प व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण