बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

‘प्रेमगीत २’को कभर गीत प्रतिस्पर्धाका लागि २ सय ५० गीत छनौट

शुक्रबार, ३० असार २०७४, १३ : ५५
शुक्रबार, ३० असार २०७४

काठमाडौ – केही पहिले कभर गीत प्रतियोगीता सार्वजनिक गरेको प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘प्रेमगीत २’ले  २ सय ५० गीतलाई प्रतिस्पर्धाको अन्तिम चरणका लागि छनौट गरेको छ । 

जनही एक लाख नगद र यो ब्यानरको आउँदो फिल्ममा पाश्र्वगायन अवसर रहेको स्पर्धाका लागि प्राप्त हजारौ गीत मध्यबाट ती गीतहरु छानिएका हुन् । 

निर्माता कम्पनी आशुसेन फिल्मसका अनुसार भदौ दोस्रो साता उत्कृष्ट १५ हुँदै सर्वोत्कृष्ट दुई घोषणा गरिनेछ । चलचित्रले ‘कहानी यो प्रेमगीतको...’ माथि कभर गीत प्रतिस्पर्धा आह्वान गरेको थियो ।

चलचित्र भने साउन १३ रिलिज हुँदैछ । देशभक्ति र प्रेमकथा बोकेको चलचित्र रामशरण पाठकले निर्देशन गरेका हुन् । प्रदीप खड्का, अश्लेषा ठकुरी, सन्तोष सेन, कैलाश कट्वाल, राजाराम पौड्याल लगायतको मुख्य भूमिका चलचित्रमा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप