बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एसिया कपका लागि श्रीलङ्काको टोली घोषणा, वानिन्दु हसरंगा फिट भई फर्किए

शुक्रबार, १३ भदौ २०८२, ०७ : ३०
शुक्रबार, १३ भदौ २०८२

सारांश

  • वानिन्दु हसरंगा एसिया कपका लागि १६ सदस्यीय टोलीमा फर्किएका छन्।
  • हसरंगाले दुशन हेमन्थालाई प्रतिस्थापन गरेका छन् भने विषेन हलम्बागेलाई बाहिर राखिएको छ।
  • श्रीलङ्काले एसिया कपमा आफ्नो पहिलो खेल बंगलादेशविरुद्ध सेप्टेम्बर १३ मा खेल्नेछ।
00:00 / NaN:NaN
Audio By AI

कोलम्बो । श्रीलङ्काका लेग स्पिनिङ अलराउण्डर वानिन्दु हसरंगा आसन्न एसिया कपका लागि घोषित १६ सदस्यीय टोलीमा फर्किएका छन्। 

बंगलादेशविरुद्धको अघिल्लो सिरिजमा ह्यामस्ट्रिङ इन्जुरीका कारण बाहिर रहेका हसरंगालाई जिम्बाब्वेविरुद्धको टी–२० सिरिजमा समेत समावेश गरिएको थिएन। तर अब उनी प्रतियोगिताका लागि फिट हुने आशा गरिएको छ।

हसरंगाले जिम्बाब्वेविरुद्ध घोषणा गरिएको टोलीमा रहेका दुशन हेमन्थालाई प्रतिस्थापन गरेका छन् भने अनक्याप्ड ब्याटर विषेन हलम्बागेलाई बाहिर राखिएको छ।

हसरंगाको पुनरागमनसँगै बंगलादेशविरुद्ध घरेलु मैदानमा हार बेहोरेको अघिल्लो टोलीमा चार परिवर्तन गरिएको छ। अविश्का फर्नान्डो, दिनेश चन्डीमल, जेफ्री भान्डरसे र ईशन मालिङ्गालाई बाहिर राखिएको छ। तिनको स्थानमा नुवानिदु फर्नान्डो, कामिल मिशारा र फास्ट बलर दुष्मन्थ चामीरालाई समावेश गरिएको छ।

साथै सिम बलिङ अलराउण्डरका रूपमा दासुन शनाकालाई पुनः टोलीमा राखिएको छ भने चामिका करुणारत्ने पनि लिमिटेड ओभर क्रिकेटमा पुनरागमन गरेका छन्। एन्जेलो म्याथ्युजलाई भने फेरि मौका नदिएको देखिन्छ।

श्रीलङ्का यसपटकको एसिया कपमा आफ्नो पहिलो खेल सेप्टेम्बर १३ मा बंगलादेशविरुद्ध खेल्नेछ। श्रीलंकाले सन् २०२३ मा फाइनलसम्मको यात्रा गरेको थियो भने सन् २०२२ मा उपाधि जितेको थियो।

श्रीलङ्का टोली :

चरीथ असलंका (कप्तान), पठुम निसांका, कुसल मेन्डिस, कुसल परेरा, नुवानिदु फर्नान्डो, कामिन्दु मेन्डिस, कामिल मिशारा, दासुन शनाका, वानिन्दु हसरंगा, दुनीथ वेल्लालागे, चामिका करुणारत्ने, महेश थीक्षणा, दुष्मन्थ चामीरा, बिनुरा फर्नान्डो, नुवान थुशारा, मथीशा पथिराना।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप