बागमतीका ६ सचिवको पदस्थापन तथा सरुवा
मकवानपुर । बागमती प्रदेश सरकारले ६ जना प्रदेश सचिवहरूको पदस्थापन तथा सरुवा गरिएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय सरकारबाट सरुवा भई आएका ३ सचिवको पदस्थापन गरेको हो भने प्रदेशमा कार्यरत ३ सचिवको सुरुवा गरेको हो ।
मन्त्रिपरिषद् बैठकले हालै सरुवा भई आएका ईश्वरचन्द्र मरहठ्ठालाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी तोकेर पदस्थापन गरेको हो भने इन्द्रदेव भट्टलाई ऊर्जा, खानेपानी तथा सिँचाइ मन्त्रालय र बलराम ढकाललाई श्रम तथा यातायात मन्त्रालयको सचिवमा पदस्थापन गरिएको हो ।
यसैगरी, प्रदेशमा कार्यरत झलकराम अधिकारीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, वीरेन्द्रदेव भारतीलाई युवा तथा खेलकुद मन्त्रालय, र पूर्णबहादुर दर्जीलाई सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारीमा सरुवा गरिएको छ । यसअघि अधिकारी युवा तथा खेलकुद मन्त्रालय, भारती श्रम रोजगार तथा यातायात मन्त्रालय र दर्जी सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवको जिम्मेवारीमा रहेका थिए ।
बैठकले प्रदेश सरकारले करार र अस्थायी कर्मचारीहरूको महँगी भत्तामा उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश आर्थिक ऐनको व्यवस्था अनुसार प्रदेश सरकार मातहत रहेका करारका कर्मचारीलाई महँगी भत्ता उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका सत्तारुढ दलहरू सरकार परिवर्तनको खेलमा
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
सुदूरपश्चिममा कृषिका ठुला योजना निरन्तर अलपत्र, कार्यान्वयन नहुँदै फेरि बजेट विनियोजन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण