विशेष अदालतको अध्यक्ष भट्टलाई बनाउने मन्त्रिपरिषद् बैठककाे निर्णय
सारांश
- मन्त्रिपरिषद् बैठकले सुदर्शनदेव भट्टलाई विशेष अदालतको अध्यक्ष बनाउने निर्णय गरेको छ।
- न्याय परिषद्को सिफारिसमा न्यायाधीश भट्टलाई विशेष अदालतमा नियुक्त गर्ने निर्णय भएको हो।
- अदालतका अध्यक्ष टेकनारायण कुँवर उच्च अदालत जनकपुरमा सरुवा भएका छन्।
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले विशेष अदालतको अध्यक्ष सुदर्शनदेव भट्टलाई बनाउने निर्णय गरेको छ । न्याय परिषद्को सिफारिसको आधारमा न्यायाधीश भट्टलाई विशेष अदालतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
न्याय परिषद्ले विशेष अदालतको अध्यक्षसहित चार जना नयाँ सदस्यहरूको नाम सिफारिस गरेको थियो । विशेष अदालतको अध्यक्षमा नियुक्त सुदर्शनदेव भट्ट उच्च अदालत पाटनका न्यायाधीश हुन् ।
न्याय परिषद्को परामर्श अनुरुप उच्च अदालतको वीरगञ्ज इजलासका न्यायाधीश नारायणप्रसाद पौडेल, उच्च अदालत सुर्खेतका न्यायाधीश हेमन्त रावल, जुम्ला इजलासका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र वीरगञ्ज इजलासका न्यायाधीश उमेश कोइराला विशेष अदालतको सदस्य तोकिएका छन् ।
विशेष अदालतका अध्यक्ष र सदस्यहरू न्यायपरिषद्को परामर्शमा सरकारले तोक्ने कानुनी व्यवस्था छ ।
हाल विशेष अदालतका अध्यक्ष रहेका टेकनारायण कुँवर उच्च अदालत जनकपुरको न्यायाधीशमा सरुवा भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण