काठमाडौँ महानगर प्रहरी प्रमुख पाण्डेको अभिव्यक्तिप्रति सांसद यादवद्वारा खेद व्यक्त
सारांश
- सांसद नागिना यादवले आन्दोलनरत कवाड व्यवसायीको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरिन्।
- उनले कवाड व्यवसायीको माग सम्बोधन नगरेको भन्दै सरकारप्रति आपत्ति जनाइन्।
- सांसद यादवले एसएसपी राजु पाण्डेको रंगभेदी अभिव्यक्तिप्रति खेद व्यक्त गर्दै माफी माग्न माग गरिन्।
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद नागिना यादवले आन्दोलनरत कवाड व्यवसायीहरूको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेकी छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।
उनले कवाड व्यवसायीहरू गत सोमबारदेखि नै सडक आन्दोलनमा रहे पनि सरकारले वार्तामार्फत उनीहरूका माग सम्बोधन नगरेकोप्रति आपत्ति जनाइन्। सांसद यादवले काठमाडौँ महानरपालिका प्रहरी प्रमुख एसएसपी राजु पाण्डेले रङ्गभेदी भेदभाव गरेको भन्दै खेद समेत व्यक्त गरिन् ।
एसएसपी पाण्डेले गोरा मात्रै नेपाली हुन् काला होइनन् भनी दिएको अभिव्यक्ति निन्दनीय रहेको उनको भनाइ छ ।
उनले भनिन्, ‘सोमबारदेखि कवाड व्यवसायीहरू सडकमा उत्रिएका छन् । आन्दोलित छन् । उहाँहरूलाई वार्तामा बोलाएर उहाँहरूको मागहरू पुरा गर्न किन पहल गरिएको छैन ? यो पहल गरिदिन हुन म सभामुखमार्फत सरकारलाई आग्रह गर्न चाहन्छु । काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुखले नेपाली गोरा मात्रै हुन काला नेपाली होइनन् भनेर कवाडी व्यवसायीहरूलाई भनेको अभिव्यक्ति खेदजनक छ । रङ्गले नेपाली हुने होइन जन्मको आधारमा आफ्नो परिचयले नेपाली हुने हो । त्यसकारण काडमाडौं महानगरका प्रहरी प्रमुखले दिनुभएको अभिव्यक्ति निन्दनीय छ । यस्ता अभिव्यक्तिप्रति उहाँले माफी माग्नुपर्छ ।’
सो अभिव्यक्तिप्रति महानगर प्रहरी प्रमुख पाण्डेले माफी माग्नुपर्ने उनको माग छ । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
-
किसान बचाउन ६ लाख बाँदर मार्नुपर्छ, जेल जान पनि डराउँदिनँ: सांसद राई
-
कैलालीमा भेटिएको शंकास्पद वस्तु डिस्पोज
-
४४ लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद
-
बजेटभन्दा मुलुकको अस्मिता र राष्ट्रियता महत्वपूर्ण, सरकार जवाफदेही बनेन: सांसद केरुङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण