चलचित्र ‘सोल्टिनी’ कात्तिक ६ गते प्रदर्शन हुने
काठमाडौँ । चलचित्र ‘सोल्टिनी’ आगामी कात्तिक ६ गतेदेखि प्रदर्शन हुने भएकाे छ ।
निर्माण युनिटले शुक्रबार चलचित्रका ५ पोष्टर एकसाथ सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मितिबारे जानकारी दिएको हो ।
प्रकाश सपुत र परीक्षा लिम्बु अभिनित चलचित्रको कार्यकारी निर्माताको रूपमा ‘हर्क साम्पाङ रिभोलुसन एन्ड टिम’ रहेको छ । यस समूहको नेतृत्व धरान महानगरपालिकामा मेयर हर्क साम्पाङले गरेका हुन् ।
अर्जुन सुवेदी निर्देशित चलचित्रमा विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडा लगायतका कलाकारको अभिनय छ ।
समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउने प्रेमकथामा चलचित्र बनेको हो । इलामको इलामबजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका रमणीय दृश्यहरूमा छायाङ्कन गरिएको छ ।
फिल्ममा सङ्गीत प्रशान्त सिवाकोटी, हर्कुलस बस्नेत, छायाङ्कन सुशन प्रजापतिको छ । प्लानेट थ्री फिल्म्स र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बनेको फिल्मका निर्माता रेजिना बिस्ट र संसार चौलागाईँ हुन् भने रोशन चौलागाईँ, वसन्त कटुवाल र सुजन अधिकारी सह निर्माता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँः अध्यक्ष ओली
-
सागर ढकालको घोषणा: अर्को पटक महामन्त्रीमा उम्मेदवारी दिन्छु
-
रेडक्रसद्वारा भ्रष्टाचार र अनियमितताका सम्बन्धमा उजुरी आह्वान
-
राहदानी छपाई प्रकरण : परराष्ट्र मन्त्रालयले के भन्यो जर्मन सरकारलाई ?
-
प्रहरी सहायक हवल्दार विष्ट मधेस प्रदेशको उत्कृष्ट ट्राफिक घोषित
-
१० बजे १० समाचार : रास्वपाले ठाडै मिच्यो संविधानदेखि सुकुमबासीको चेतावनीसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण