मनहरीमा सङ्क्रामक रोग निगरानी कार्यक्रम
हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकामा सङ्क्रामक रोगको सूक्ष्म निगरानी कार्यक्रम सञ्चालन हुने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र युनिसेफसँगको साझेदारीमा पब्लिक हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरले गाउँपालिकाभित्र ५२ प्रकारका सङ्क्रामक रोगको सूक्ष्म निगरानीका लागि कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
सरकारले ५२ प्रकारका रोगलाई महामारीजन्य संक्रामक रोगका रुपमा पहिचान गरेको छ । यी रोगको लक्षण देखिएमा तत्काल रिपोर्ट गर्ने र त्यसको समाधान गरिहाल्ने प्रणाली लागु हुनेछ ।
शुक्रबार पब्लिक हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरका कार्यक्रम अधिकृत सुवास लामिछानेले मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीलाई कार्यक्रम सञ्चालनबारे जानकारी पत्र हस्तान्तरण गरे । कार्यक्रम सञ्चालनका लागि आवश्यक तथ्यांक उपलब्ध गराउनुका साथै अन्य सहयोग गर्न लामिछानेले गाउँपालिकासमक्ष आग्रह गरेका छन् ।
रोग नियन्त्रण महाशाखाले विभिन्न सूचक तयार गरी पहिलो चरणमा देशभरका ४४ वटा स्थानीय तहमा यो कार्यक्रम सञ्चालन गर्न लागेको छ । मकवानपुर जिल्लामा हेटौँडा उपमहानगरपालिकापछि मनहरी गाउँपालिकामा यो कार्यक्रम लागु हुन लागेको हो ।
कार्यक्रमका लागि प्रत्येक वडामा २५ जनाको इपिडेमिक इन्टिलिजेन्स भोलेन्टियर टिम गठन हुनेछ । महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, निजी फार्मेसी सञ्चालक, जनप्रतिनिधिसहितको टिमलाई आवश्यक तालिम प्रदान गरी रोग निरीक्षणमा लगाइने लामिछानेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
-
नाइटक्लब काण्डले सङ्कटमा बेन स्टोक्सको कप्तानी
-
उखान–टुक्का बिना चल्ने सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण