शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

इजरायली सेनाद्वारा गाजा सिटीमा प्रारम्भिक सैन्य कारबाही सुरु

सहरलाई ‘उच्च जोखिमयुक्त युद्ध क्षेत्र’ घोषणा
शनिबार, १४ भदौ २०८२, १३ : २९
शनिबार, १४ भदौ २०८२

सारांश

  • इजरायली सेनाले गाजा सिटीमा सैन्य कारबाही सुरु गरेको छ।
  • इजरायलले हमासको संरचना हटाउन र बन्धकहरूको सुरक्षाका लागि कारबाही गर्ने जनाएको छ।
  • गाजा सिटीलाई उच्च जोखिमयुक्त युद्ध क्षेत्र घोषणा गर्दै मानवीय विराम स्थगन गरिएको छ।

जेरुसेलम । इजरायली सेनाले गाजासिटीमा प्रारम्भिक चरणको सैन्य कारबाही सुरु गरेको जनाएको छ । सेनाका प्रवक्ता अवीखाय अद्राईले शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै गाजासिटीको छेउछाउमा तीव्र रूपमा कारबाही भइरहेको बताए ।

उनका अनुसार इजरायलले आफ्ना बन्धकहरूको सुरक्षाका लागि र हमास समूहको संरचना पूर्ण रूपमा हटाउने उद्देश्यले कारबाहीलाई अझ सशक्त बनाउने तयारी गरेको छ ।

त्यसैदिन इजरायली रक्षा बलले एक विज्ञप्ति जारी गर्दै, गाजासिटीमा लागू हुँदै आएको दैनिक १० घण्टे मानवीय विराम स्थगन गरिएको जानकारी गराएको छ । अबदेखि उक्त सहरलाई ‘उच्च जोखिमयुक्त युद्ध क्षेत्र’ को रूपमा घोषणा गरिएको छ ।

यो मानवीय विराम जुलाई २७ गतेदेखि बिहान १० बजेदेखि साँझ ८ बजेसम्म लागू हुँदै आएको थियो, जसको समन्वय संयुक्त राष्ट्रसङ्घ तथा विभिन्न अन्तर्राष्ट्रिय सहयोग संस्थाहरूले गरेका थिए । 

यस अवधिमा गाजासिटी, अल मावासी र देइर अल बलाह क्षेत्रमा राहत सामग्री तथा अन्य सहयोग पुर्‍याउने कार्य सहज रूपमा सञ्चालन हुँदै आएको थियो ।

हाल इजरायली सेनाले गाजासिटीलाई घेरेर केही सातादेखि हवाई आक्रमण र तोपखाना प्रहार जारी राखेको छ । अन्तर्राष्ट्रिय समुदायबाट चासो व्यक्त भइरहे पनि इजरायली सेनाले सहरमा नियन्त्रण स्थापनाका लागि तयारी अघि बढाइरहेको स्पष्ट पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप