बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

बेपत्ता व्यक्तिका परिवारलाई उचित सम्मान, सेवा, सुविधा र सहुलियत प्रदान गर्न प्रचण्डको माग

शनिबार, १४ भदौ २०८२, २१ : २४
शनिबार, १४ भदौ २०८२

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले ‘बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस’ का अवसरमा बेपत्ता व्यक्तिका परिवारलाई उचित सम्मान, सेवा, सुविधा र सहुलियत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

प्रचण्डले शान्ति सम्झौताको दफा ५.२.५, नेपालको अन्तरिम संविधान–२०६३ को धारा ३३ र हालको संविधानको धारा ३०४(२) तत्काल कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन्। 

यसैगरी उनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र त्यसमा बेपत्ता योद्धाहरूको योगदानको स्मरण गर्दै ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, नेपाल’ लाई बेपत्ता व्यक्तिहरूको खोजी तथा अन्य आवश्यक कार्य प्रभावकारी रूपमा अघि बढाउन पनि शनिबार फेसबुकमार्फत आह्वान गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप