एभरेष्ट महिला भलिबल लिगका लागि नेदरल्यान्ड्सका खेलाडीहरू नेपाल आइपुगे
काठमाडौँ । वत्सालय एभरेष्ट महिला भलिबल लिग (इडब्लूभीएल)को दोस्रो संस्करणका लागि मधेस युनाईटेडमा अनुबन्धन भएका नेदरल्यान्ड्सका खेलाडीहरू नेपाल आइपुगेका छन् ।
नेदरल्यान्ड्सकी डानिक आर्डेमा,कस्र्टेन वेसेल्स र रोमी भिनस्ट्रा सोमबार नेपाल आइतबार नेपाल पुगेका हुन् । १७५ से.मी. अग्लो कदकी आर्डेमा एउटा अनुभवी सेटर हुन् जसले नेदरल्यान्ड्सको शीर्ष स्तरीय क्लबहरूमा खेल्दै उल्लेखनीय प्रदर्शन गरिरहेकी छिन् ।
आर्डेमाले आफ्नो करियरमा नेदरल्यान्ड्स, स्पेन र जर्मनीका विविध क्लबहरूमा खेलेर अनुभव समेटेकी छन् । पछिल्लो समय उनी नेदरल्यान्ड्सकै शीर्ष डिभिजन अन्तर्गतको क्लब सुडोसा–डेस्टोका लागि खेल्दै उत्कृष्ट प्रदर्शन गरिरहेकी छिन् । सन् २०२४ मा उनले नेदरल्यान्ड्स युवा राष्ट्रिय च्याम्पियनसिप जित्न सफल पनि भइन् ।
१८७ सेन्टिमिटर अग्ली वेसेल्सको स्पाइक पहुँच ३०० सेमी र ब्लक पहुँच २९३ सेमी रहेको छ। २६ वर्षीय वेसेल्स आफ्नो बहुमुखी क्षमता, दमदार आक्रमण र स्थिर बचाउका कारण विश्वभर चर्चित हुँदैछिन् ।
हाल उनी सुडोसा–डेस्टो क्लबमा खेल्दै उत्कृष्ट प्रदर्शन गरिरहेकी छिन्। वेसेल्सले नेदरल्याण्ड्सको यु–१९ र यु–२० राष्ट्रिय टोलीका लागि युरोपियन तथा विश्व च्याम्पियनसिपमा प्रतिनिधित्व गरेकी छन् ।
१८८ से.मी.अग्लो कदकी भिनस्ट्रा आउट साईड हिटर हुन्। उनी सन् २०२१ र २२ सिजनदेखि नेदरल्यान्ड्सकै शीर्ष डिभिजन अन्तर्गतको क्लब सुडोसा–डेस्टोका लागि खेल्दै उत्कृष्ट प्रदर्शन गरिरहेकी छिन्।
उनी टोलीको आक्रमण र रक्षा दुवै क्षेत्रमा भरोसायोग्य खेलाडी मानिन्छिन्। सन् २०२४ मा उनले सुडोसा–डेस्टोका लागि नेदरल्यान्ड्स युवा राष्ट्रिय च्याम्पियनसिप जित्न सफल भइन् ।
यी तिनै जना खेलाडीहरूलाई मधेस युनाइटेडका मालिक शर्मिला थापा, सिईओ खुसी सिवाकोटी , मुख्य प्रशिक्षक कोपिला उप्रेती र टिम म्यानेजर निजन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।
मधेस युनाइटेडको मार्की खेलाडी निरुता ठगुन्ना रहेकी छिन भने टिमको ब्रान्ड एम्बेसडरमा मोडल तथा अभिनेत्री नीति शाह रहेकी छिन् ।
ईन्फिनिटी ड्रिम्सको आयोजनामा वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म (सेप्टेम्बर ५–१३) पोखरामा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण