लोवथाङमा चौथो संस्करणको गल्फ च्याम्पियनसिप हुने
पोखरा । मुस्ताङको लोमन्थाङ गाउँपालिका ५ लोवथाङमा रहेको विश्वकै अग्लो स्थानको गल्फ कोर्समा चौथो संस्करणको गल्फ च्याम्पियनसिप हुने भएको छ ।
आइतबार पोखरामा पत्रकार सम्मेलन गरी मुस्ताङ गल्फ क्लबका प्रबन्ध निर्देशक इन्द्रधारा विष्टले प्रतियोगिता घोषणा गरेका हुन् । भदौ २८ र २९ गते हुने प्रतियोगितामा ६० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गल्फरहरु सहभागी हुने अनुमान गरिएको छ ।
४७ सय मिटर उचाइमा हुने प्रतियोगिताका विजेताले उत्कृष्ट ट्रफी पाउनेछन् भने यो वर्ष प्रोफेसनल गल्फरहरु बिच छुट्टै प्रतियोगिता हुनेछ ।
नेपालका उत्कृष्ट ४ प्रो–गल्फरबिच प्रतिस्पर्धा हुने विष्टले जानकारी दिए । उक्त प्रतियोगिताका विजेताले ३० हजार, उपविजेताले २० हजार र बाँकी २ प्रतियोगीले १० हजार पुरस्कार पाउनेछन् ।
एम्योचरतर्फ विजेता, उपविजेता, बेस्ट ग्रस, लेडी विजेता, सिनियर विजेता, क्लोजेस्ट टू द पिन, मस्ट बर्डिज र लङ्गेस्ट ड्राइभका लागि छुट्टाछुट्टै पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
विगत वर्षहरूमा ९ होलमा मात्रै खेलाइएको प्रतिस्पर्धा यो वर्ष १८ होलमा हुनेछ । सर्वाधिक चासो हुने ‘होल इन वान’मा सजावट सहितको घोडा राखिने आयोजकले जनाएको छ ।
यसपटकको प्रतियोगितामा जलवायु सङ्कटबारे विश्वको ध्यानाकर्षण गराउन ‘टी फर क्लाइमेट’ भन्ने शीर्षकमा गल्फ खेलाउन लागिएको विष्टले बताए ।
‘मुस्ताङ अहिले जलवायु सङ्कटको चपेटामा छ । यसबारे विश्वको ध्यानाकर्षण गराउन हामी उच्च स्थानको गल्फ कोर्सबाट एउटा सन्देश प्रवाह गर्दैछौं,’ उनले भने, ‘जसले वातावरणीय सचेतना फैलाउने लक्ष्य राखिएको छ ।’
मुस्ताङ गल्फ क्लबले यो गल्फ कोर्सलाई विश्व गिनिज बुक रेकर्डमा सूचीकृत गराउन पहल गरिरहेको छ ।
‘संसारमै यति उच्च स्थानमा मनमोहक गल्फ कोर्स कुनै देशमा छैन । लोवथाङको गल्फ कोर्स संसारकै गल्फरहरुको सपनाको कोर्सका रूपमा स्थापित गर्ने चाहना हाम्रो छ,’ उनी अघि भन्छन्, ‘खासगरी मुस्ताङ र नेपालकै खेल पर्यटन विकासका लागि यो अवधारणा सुरु गरिएको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
सुदूरपश्चिममा कृषिका ठुला योजना निरन्तर अलपत्र, कार्यान्वयन नहुँदै फेरि बजेट विनियोजन
-
कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु
-
बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण