शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
बाढी पूर्वानुमान

सोमबार यी नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम

सोमबार, १६ भदौ २०८२, ०८ : ५३
सोमबार, १६ भदौ २०८२

सारांश

  • हाल मनसुनको न्यून चापीय रेखा दक्षिणतिर अवस्थित रहेको छ र अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह रहेको छ।
  • लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बदली रही केही स्थानमा मेघगर्जन र वर्षा भइरहेको छ।
  • बाढी पूर्वानुमान महाशाखाका अनुसार विभिन्न नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहेको छ भने केही नदीहरू सतर्कता आसपास छन्।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ। साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह रहेको देखिन्छ ।

लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र बागमती प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज बिहानको मापन अनुसार नारायणी, बागमती, कर्णाली, र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तल रहेको र कोशी, महाकाली र यिनका सहायक नदीहरू बहाव सतर्कता आसपास रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको  छ।

सोमबार कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना रहने पूर्वानुमान छ । साथै दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा, अछाम, हुम्ला, दोलखा, सिन्धुपाल्चोक, रामेछाप र आसपासका जिल्ला भई बहने स- साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ।

त्यसैगरी ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, ओखाढुङ्गा, खोटाङ, रसुवा, धादिङ, नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर, गोरखा, लमजुङ, तनहुँ, बर्दिया र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ ।

541300409_122191591670355476_2334601565808846515_n539530362_122191591700355476_8315256566718614306_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप