दुई दशकपछि हाँडीगाउँमा ‘डबली सर्किट रन’ हुने
काठमाडौँ । २० वर्षसम्म रोकिएको हाँडीगाउँमा ‘डबली सर्किट रन २०८२’ हुने भएको छ ।
काठमाडौँ महानगरपालिका-५ को आयोजनामा ‘नर दे जिवन्त हाँडीगाउँ’ को सहआयोजना तथा गोरखा रनर्स क्लबको प्राविधिक सहयोगमा भदौ २१ गते (शनिबार) बिहान ‘गहना खोज्ने पोखरी’ वरिपरि यस दौड आयोजना हुन लागेको हो ।
करिब २५ वर्षअघि देखि सुरु भएको यस प्रतियोगिता विविध कारणले २० वर्षभन्दा बढी समयदेखि रोकिएको थियो । यस वर्षबाट भने पुनः निरन्तरता दिने लक्ष्यसहित पहिलो चरणमा १८ वर्षमुनिका खेलाडीलाई सहभागी गराइन लागेको वडा अध्यक्ष विरेन्द्र प्रजापतिले जानकारी दिए ।
प्रतियोगितामा छात्रतर्फ ३ किलोमिटर र छात्रातर्फ २ किलोमिटर दूरीको दौड हुनेछ। दुवै विधामा पहिलो हुने खेलाडीलाई १२ हजार, दोस्रोले ९ हजार, तेस्रोले ६ हजार, चौथोले ३ हजार, पाँचौंले १५ सय तथा छैटौंदेखि दशौं स्थानसम्मका विजेताले १–१ हजार रुपैयाँसहित पदक, ट्रफी र प्रमाणपत्र पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
बागमतीका सत्तारुढ दलहरू सरकार परिवर्तनको खेलमा
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण