हेटौँडा अस्पतालको निर्देशकमा डा. सापकोटा
हेटौँडा । हेटौँडा अस्पतालको निर्देशकमा वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. रामचन्द्र सापकोटा नियुक्त भएका छन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवालीको सिफारिसमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सोमबार डा. सापकोटालाई नियुक्ति पत्र प्रदान गरेका हुन् ।
मन्त्री थापाले हेटौंडा अस्पताललाई प्रदेशकै उत्कृष्ट स्वास्थ्य सेवा तथा शिक्षा केन्द्रका रूपमा विकास गर्ने लक्ष्यअनुसार दक्ष नेतृत्वको आवश्यकता भएको बताए । उनले डा. सापकोटाजस्तो अनुभवी र दक्ष चिकित्सकको नेतृत्वमा अस्पतालको सेवा स्तर, शैक्षिक गुणस्तर र बिरामीमैत्री वातावरण हुने बताए ।
वरिष्ठ अर्थोपेडिक सर्जन डा. सापकोटा हाल हेटौँडा अस्पतालका निर्देशकको रूपमा कार्यरत रहेका थिए । पोखरास्थित मणिपाल मेडिकल कलेजबाट स्नातक तह एमबीबीएस र त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल महाराजगञ्जबाट स्नातकोत्तर अध्ययन पूरा गरेका डा. सापकोटा दशौं तहका चिकित्सकका रूपमा लामो समयदेखि सेवा प्रदान गर्दै आएका छन् ।
नियुक्ति पश्चात डा. सापकोटाले अस्पतालको स्वास्थ्य सेवा, शैक्षिक गुणस्तर र बिरामीमैत्री वातावरण बनाउन प्रतिबद्ध रहने बताए । सबैको विश्वास जित्ने गरी काम गर्नु नै मेरो पहिलो प्राथमिकता हुने उनको भनाइ छ । नवनियुक्त निर्देशकले उपकुलपति डा. ज्ञवालीबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा कृषिका ठुला योजना निरन्तर अलपत्र, कार्यान्वयन नहुँदै फेरि बजेट विनियोजन
-
कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु
-
बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह
-
मेरिङ्देनमा ‘एक विद्यालय, एक बगैँचा कार्यक्रम’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण