ट्रम्प नीतिका कारण अमेरिकामा पर्यटक आगमनमा निरन्तर गिरावट
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिका कारण अमेरिकामा विदेशी पर्यटकको आगमन घट्दै गएको छ।
- विज्ञहरूका अनुसार ट्रम्पको आप्रवासन नियन्त्रण, व्यापार शुल्क र व्यङ्ग्यात्मक टिप्पणीले पर्यटकलाई निरुत्साहित गरेको छ।
- क्यानडाबाट आउने पर्यटकको संख्यामा ठूलो गिरावट आएको छ, जुन दुई दशकयताकै कम हो।
वासिङ्टन डिसी । अमेरिकामा विदेशी पर्यटकहरूको आगमनमा कमी आउन थालेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका नीतिहरूले यात्रुहरूलाई निरुत्साहित पारेको भन्दै विज्ञहरूले पर्यटनमा गिरावट देखिएको बताएका हुन्।
हालै सार्वजनिक प्रारम्भिक सरकारी तथ्यांकअनुसार जुलाईमा अमेरिकामा विदेशी पर्यटकको आगमन अघिल्लो वर्षको तुलनामा ३ प्रतिशतले घट्यो। ट्रम्पले जनवरीको अन्त्यतिर पदभार ग्रहण गरेदेखि करिब हरेक महिनामा यस्तो गिरावट देखिएको छ।
ब्राजिलकी पर्यटक लुइसे फ्रान्सिनले अल जजिरासँग भनिन्, “सबै जना डराएका छन्, आव्रजनबारे धेरै राजनीति भइरहेको छ।”
विज्ञहरूले ट्रम्पको आप्रवासन नियन्त्रण, व्यापारमा लगाइएका शुल्क तथा क्यानडा र ग्रिनल्यान्डलाई अमेरिकाले कब्जा गर्नेबारे गरेका व्यङ्ग्यात्मक टिप्पणीहरूले पनि अन्य देशका यात्रुहरूलाई टाढा पारेको बताएका छन्।
काटो इन्स्टिच्युटका अर्थशास्त्री रायन बोर्नेका अनुसार पर्यटन घट्नु ट्रम्पको भाषणशैली र नीति दुबैसँग जोडिएको छ। उनले भने, ‘व्यापार युद्ध र आप्रवासन नियन्त्रणमा फसिने डर नै पर्यटक घट्नुको मुख्य कारण हो।’
यात्रा अनुसन्धान संस्था टुरिजम इकोनोमिक्सले गत हप्ता सार्वजनिक गरेको अनुमानअनुसार २०२५ मा अमेरिकामा अन्तर्राष्ट्रिय आगमन ८.२ प्रतिशतले घट्नेछ। यो अघिल्लो अनुमान (९.४ प्रतिशत कमी) भन्दा केही सुधार भए पनि, कोभिड–१९ महामारीअघि भन्दा निकै तल हो। संस्थाले मे, जून र जुलाईमा देखिएको ‘पर्यटनमा तीव्र गिरावट’ आगामी महिनासम्म निरन्तर रहने सङ्केत दिएको छ।
विशेष गरी क्यानडाबाट आउने यात्रुहरूको सङ्ख्यामा ठुलो कमी आएको छ। गत वर्षको तुलनामा यस वर्ष करिब २५ प्रतिशत कम क्यानडाली नागरिक अमेरिकामा प्रवेश गरेका छन्। उल्टै, अमेरिकाबाट क्यानडा जाने यात्रुको सङ्ख्या बढेको छ।
क्यानडाको राष्ट्रिय तथ्याङ्क एजेन्सी स्ट्याटिक्स क्यानडाका अनुसार करिब दुई दशकपछि पहिलोपटक जून र जुलाईमा अमेरिकाबाट क्यानडा पस्नेहरूको सङ्ख्या, क्यानडाबाट अमेरिका पस्नेभन्दा बढी भएको छ। अपवादका रूपमा यस्तो घटना महामारीका दुई महिनामा मात्र भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘पेड्डी’ विवादमा जाह्नवीको च्याट लिक
-
यौन उत्पीडनको झुटो आरोप लगाएको स्वीकार गरेपछि अभिनेत्री शिल्पा शिन्दे विवादमा
-
विश्वकपको सङ्घारमा अमेरिका र इरानबिच खेलकुदमा पनि तनाव
-
रास्वपा गुल्मी सभापतिमा हरि श्रेष्ठ निर्वाचित
-
खाडी मुलुकहरूको पुनर्निर्माणमा इरानी सम्पत्ति प्रयोग गर्न दिने अमेरिकी योजना
-
नेपालगञ्ज र धनगढीको तापक्रम ४० डिग्री पुग्ने, काठमाडौँसहित यी सहरमा वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण