चलचित्र ‘कुमारी’ को छायाङ्कन सुरु
काठमाडौँ । चलचित्र ‘कुमारी’ को छायाङ्कन सुरु भएको छ । मंगलबार ललितपुरको बङ्गलामुखी मन्दिरमा चलचित्रको शुभ मुर्हूत गर्दै छायाङ्कन सुरु भएको हो ।
दिनेश राउतको निर्देशन रहने ‘कुमारी’को छायाङ्कन ललितपुरकै पाटन क्षेत्रबाट सुरु गरिएको हो । छायाङ्कन तालिका ३५ दिनको राखिएको छ ।
चलचित्रमा अभिषेक खड्का, आकृति राजभण्डारी, घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, र भूपी लुहारजस्ता कलाकारहरूको अभिनय रहनेछ ।
विनिश इन्टरटेन्मेन्टले पिक्चर फ्रेमको सहकार्यमा निर्माण गरिरहेको फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गर्दै छन् भने स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् ।
‘कुमारी’ मा सङ्गीत केहर सिंह लिम्बु, सुमन तामाङ, र प्रशान्त सिवाकोटीको रहनेछ ।
निर्देशक राउतले ‘आइ एम सरी’, ‘नोभेम्बर रेन’, र ‘क्लासिक’जस्ता सफल प्रेमकथामा आधारित चलचित्र निर्देशन गरेपछि सामाजिक विषयमा केन्द्रित ’पर्व’, ’महाभोज’, ‘प्रसाद’, ‘प्रकाश’ र ’पुजार सार्की’ जस्ता चलचित्र पनि निर्देशन गरेका थिए ।
उनले ‘कुमारी’ मार्फत फेरि प्रेमकथाको संसारमा फर्केका हुन् । सुसन प्रजापतिको छायाङ्कन रहने चलचित्रका कार्यकारी निर्मातामा केदार भुसाल हुन् । चलचित्रमा किरण थापाको कोरियोग्राफी रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय तहमा नैतिक शिक्षाको पुनर्स्थापना समयको माग
-
नर्वेका स्टार स्ट्राइकर हालान्ड फ्रान्सविरुद्ध बेन्चमा, यस्तो छ कारण
-
१२ बजे १२ समाचार: एन्फा पूर्वअध्यक्ष पक्राउदेखि ९५ प्रतिशत स्थानीय सरकारले बजेट समयमै ल्याएसम्म
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या ५८९ पुग्यो
-
भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु
-
भारत लैजान लागेको ४ केजी अफिम सहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण