शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

सेयर बजारमा १५.५९ अंकको गिरावट, ४ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार

बुधबार, १८ भदौ २०८२, १५ : ३७
बुधबार, १८ भदौ २०८२

सारांश

  • बुधबार सेयर बजार परिसूचक १५.५९ अंकले घटेर २७२६.३७ अंकमा सीमित भयो।
  • आज ४ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार भयो, जसमा ३९ कम्पनीको शेयर मूल्य बढ्यो भने २१३ को घट्यो।
  • युनियन हाइड्रोपावरले सर्वाधिक कारोबार गर्यो भने हाइड्रो समूहका कम्पनीहरूमा वृद्धि र गिरावट दुवै देखियो।

काठमाडौँ । सेयर बजार परिसूचक घटेको छ । साताको चौथो दिन बुधबार बजार परिसूचक १५.५९ अंकले घटेर २७२६.३७ अंकमा सीमित भएको हो । बजारमा आज  ४ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार भयो।

बजारमा कारोबार भएकामध्ये कुल ३९ कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएको छ भने २१३ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।  आज कुल १ करोड १३ लाख ४५ हजार सेयर किनबेच भएका छन्।

बजारमा आज हिमस्टार हाइड्रोमा ९.९९% को वृद्धि सहित ३२३.६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । त्यसैगरी, यूनियन हाइड्रोको मूल्य ७.०३ प्रतिशतले बढेर ४३०.६७ रुपैयाँमा अन्तिम कारोबार भएको छ। 

आजको बजारमा लिबर्टी इनर्जीले सबैभन्दा धेरै ६.९९% को गिरावट सहित २१८.७३ रुपैयाँमा कारोबार बन्द गरेको छ । छ्याङ्दी हाइड्रोपावर ६.४५ प्रतिशत गिरावट बेहोरेका छन्। 

आजको बजारमा युनियन हाइड्रोपावरले सर्वाधिक ३३ करोड ८० लाख रुपैयाँको कारोबार गरेको छ। दोस्रोमा लिबर्टी इनर्जीले २७ करोड ३८ लाखको  कारोबार गर्‍यो । नेपाल पुनर्बीमा कम्पनीले २६ लाखको १५ कारोबार गर्दै तेस्रो स्थानमा रह्यो । 

बजारमा आज म्युचुअल फण्ड बाहेक सबै परिसूचक घटेका छन् । सबैभन्दा धेरै गिरावट हाइड्रो सूचकको ०.९३ प्रतिशत रहेको छ । आज बजारका सबैजसो सूचक वृद्धि, गिरावट, कारोबार लगायतमा हाइड्रो समूहका कम्पनीले लिड गरेको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप