जनयुद्धमा महिलाका त्याग र बलिदानले नेपालमा गणतन्त्र सम्भव भएको हो : प्रचण्ड
सारांश
- अध्यक्ष प्रचण्डले महिलाले दुई तिहाइ अधिकारका लागि लड्नुपर्ने बताए।
- प्रचण्डले जनयुद्धमा महिलाको योगदानको प्रशंसा गर्दै संघीय गणतन्त्र महिलाको त्यागबाट आएको बताए।
- उनले जनयुद्धका उपलब्धिहरू समाप्त पार्न षड्यन्त्र भइरहेको र महिलाको सहयोगको आह्वान गरे।
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका महिलाले दुई तिहाइ अधिकारका लागि लड्नुपर्ने बताएका छन् । प्रज्ञा भवन कमलादीमा बुधबार अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले दुई तिहाइ अधिकारका लागि लड्नुपर्ने बताएका हुन् ।
‘महिलाले आधा आकाश होइन ढाकेको होइन, दुई तिहाइ आकाश ढाकेको भन्नुपर्छ । दुई तिहाइ पुरुष विदेश गएका छन् । एक तिहाइ मात्र नेपालमा छन् । अब महिलाले दुई तिहाइ अधिकारका लागि लड्नुपर्छ, ३३ प्रतिशत अधिकारका लागि होइन’, उनले भने ।
हिजो जनयुद्धमा ५० प्रतिशत महिला सहभागी नभएको भए सङ्घीय गणतन्त्र नआउने उनले बताए । महिलाहरूको त्याग, तपस्या र योगदानबाट नै यी सबै सम्भव भएको जिकिर गरे । जनयुद्धबाट प्राप्त भएको उपलब्धि समाप्त गर्न फेरि प्रतिगामी षड्यन्त्र भइरहेको भन्दै प्रचण्डले त्यस्ता षड्यन्त्रविरुद्ध युद्धकालमा जस्तै महिलाको सहयोग गर्न अपिल गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
-
कबाडी सामान बोकेका थप २ ट्रक सशस्त्रको नियन्त्रणमा
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण