अहिलेको सरकार कांग्रेस र एमालेले होइन, बिचौलियाले चलाएको हो : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार कांग्रेस र एमालेले नभई बिचौलियाले चलाएको आरोप लगाएका छन् ।
बुधाबार पार्टी निकट अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी)को सातौँ सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले रुपमा कांग्रेस र एमालेले चलाए पनि सारमा बिचौलिया र दललाले चलाएको आरोप लगाएका हुन् ।
‘अहिले राज्य कसको हातमा छ भन्दा कहिलेकाहीँ हामी पनि कन्फ्युजन हुन्छौँ । पार्टीका नेताहरूले राज्य चलाएको जस्तो देखिन्छ । रूप हेर्दा कहिले माओवादी र कांग्रेस, कहिले माओवादी र एमाले, कहिले कांग्रेस र एमाले भनेजस्तो देखिन्छ । तर यथार्थमा राज्य पार्टीको विचारले भन्दा बिचौलिया र दलाल पूँजीपतिहरुको बलले, बिचौलियाले करोडौँ र अरबौं खर्च गरेर पार्टीका नेता खरिद गरेर चलाएको व्यवस्था हो’, उनले भने ।
आफूले यही स्थितिको विरोध, अन्त्यका लागि सुशासन र भ्रष्टाचारविरुद्ध अभियान छेडेको उनले दाबी गरे ।
‘बिचौलियाले पैसाको बलमा सेटिङ गरेर कर्मचारी भर्ना गर्ने, त्यस्ता कर्मचारीबाट आफू अनुकूल निर्णय गराउने, जुन घातक प्रचलन हो त्यसलाई मैले रोकेकै हो । अहिलेको गठबन्धन बिचौलिया, दलालले बनाएको हो’, उनले भने, ‘राम्रो गर्न खोज्दा हटाउने, कुलमान हटाउने, कान्छाराम हटाउने काम भए । राम्रो गर्न खोज्दा इन्दिरा राना हटाउन षड्यन्त्र भइरहेको छ । छानिछानी हटाउने काम भएका छन् । जनजाति हटाएका छन् ।’
दलाल बिचाैलियाहरुले पैसाको बलमा सेटिङ गरेर राज्य सञ्चालन खोज्ने विरुद्ध सबै पार्टीका महिलाहरूले सडक सङ्घर्षमा उत्रिन उनले आह्वान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
-
कबाडी सामान बोकेका थप २ ट्रक सशस्त्रको नियन्त्रणमा
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण