बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

घट्दै गइरहेको छ ट्रम्पको लोकप्रियता, टाढिन थाले स्वतन्त्र मतदाता

बिहीबार, १९ भदौ २०८२, १४ : ००
बिहीबार, १९ भदौ २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता घट्दै गएको छ, विशेषगरी स्वतन्त्र मतदातामाझ उनको समर्थन घटिरहेको छ।
  • स्वतन्त्र मतदाताहरूमाझ ट्रम्पको लोकप्रियता ३४ प्रतिशतमा झरेको छ भने उनको असन्तुष्टि ५५ प्रतिशत पुगेको छ।
  • आर्थिक नीति र विदेश नीतिमा लिएका अडानका कारण स्वतन्त्र मतदाताहरू ट्रम्पसँग असन्तुष्ट देखिएका छन्।

वासिङ्टन डीसी । हालैका हप्ताहरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता घट्न थालेको छ । युएसए टुडेका अनुसार विशेषगरी उनको रवैयाका कारण स्वतन्त्र मतदाताहरु ट्रम्पबाट टाढिइरहेका छन् ।

२०२६ को मध्यावधि चुनाव अघि रिपब्लिकन पार्टीका रणनीतिकारहरू माझ यसले चिन्ता बढाएको छ । रिपोर्टका अनुसार नयाँ सर्वेक्षणमा स्वतन्त्र मतदाताहरूमाझ ट्रम्पको लोकप्रियता मूल्याङ्कन केवल ३४ प्रतिशतमा झरेको छ ।

उनीप्रतिको असन्तुष्टि भने बढेर ५५ प्रतिशतमा पुगेको छ । यसको तुलनामा रिपब्लिकन समर्थकहरूमाझ उनको लोकप्रियता ७८ प्रतिशतमा रहेको छ । डेमोक्र्याट समर्थकहरूमाझ यो सङ्ख्या १२ प्रतिशत छ ।

स्वतन्त्र मतदाताहरूको यो दूरीले मध्यावधि चुनावको नतिजामा प्रत्यक्ष प्रभाव पार्न सक्ने राजनीतिक विश्लेषकहरू ठान्दछन् । २०२६ को मध्यावधि चुनावलाई लिएर पहिले नै वातावरण तात्तातो बनेको छ । ह्वाइट हाउस र रिपब्लिकन अभियान प्रबन्धकहरूले हाल ट्रम्पको लोकप्रियता सुधार गर्न रणनीतिहरू बनाइरहेका छन् ।

स्वतन्त्र मतदाताहरूको विश्वास पुनः जित्न सकिएन भने यसले सिनेट र प्रतिनिधिसभामा पार्टीको सिटमा प्रत्यक्ष प्रभाव पार्न सक्ने पार्टीभित्र डर बढेको छ । पछिल्लो अनुमान अनुसार, रिपब्लिकन पार्टीले कम्तीमा १५ सिट गुमाउन सक्छन् । 

आर्थिक र विदेश नीतिमा प्रश्न

ट्रम्प प्रशासनको हालैका आर्थिक नीतिहरू, विशेष गरी भारत र युरोपेली देशहरूसँगको व्यापार तनावलाई स्वतन्त्र मतदाताहरूको असन्तुष्टिको प्रमुख कारणको रूपमा उल्लेख गरिएको छ ।

ट्रम्पको व्यापार नीतिलाई आफूले देशको अर्थतन्त्रको लागि अत्यन्त हानिकारक मानेको सर्वेक्षणमा सहभागी भएका ६२ प्रतिशत स्वतन्त्र मतदाताहरूले भनेका थिए । उता, ५८ प्रतिशत जनताले विदेश नीतिमा ट्रम्पको अडानलाई अनिश्चित र अस्थिर भएको बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप