सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

स्ववियु चुनावको रिस पाताले छाँगोमा : खुकुरी हान्ने पनि कांग्रेस, घाइते पनि कांग्रेस

बिहीबार, १९ भदौ २०८२, १६ : ३८
बिहीबार, १९ भदौ २०८२

पोखरा । पोखराको पाताले छाँगोमा खुकुरी प्रहार गर्ने बंशज खवास पनि कांग्रेसकै भ्रातृ संगठन नेविसंघको सदस्य रहेको खुलेको छ ।

उनले नेविसंघ केन्द्रीय सदस्य निर्दोष विक्रम पौडेलमाथि आक्रमण गरेका थिए । खवास प्रहरी नियन्त्रणमा छन् भने पौडेल अस्पतालमा उपचाररत छन् । घटना पाताले छाँगोमा भए पनि पौडेल र खवासको व्यक्तिगत रिसिइबीका कारण समस्या भएको बताइएको छ । 

पाताले छाँगो ४० वर्षका लागि निजी क्षेत्रलाई दिने निर्णयसँगै बिहीबार लफडा हुँदा खुकुरी प्रहार भएको थियो । 

कांग्रेस स्रोतका अनुसार पृथ्वीनारायण क्याम्पसको स्ववियु चुनावले विवाद सिर्जना गरेको हो । त्यही घटनाको बदलामा बिहीबार प्रतिवाद गरेको बताइएको छ । 

'पीएनमा निर्दोष पक्षले घटना घटाएको थियो । उनीविरूद्द प्रहरीमा उजुरी पनि छ,' स्रोत भन्छ, 'घटना पाताले छाँगोमा भए पनि त्यहाँको विषयसँग जोडिँदैन ।' बिहीबार पाताले छाँगोको वातावरणीय प्रभाव मूल्यांकनको सार्वजनिक सुनुवाइ भएको थियो । 

यो पनि 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप