समाचार
पाताले छाँगो लफडामा विद्यार्थी नेतामाथि खुकुरी प्रहार
बिहीबार, १९ भदौ २०८२, १३ : ३४
सारांश
- पोखराको पाताले छाँगो निजी क्षेत्रलाई दिने निर्णयको विरोधमा विद्यार्थी नेतामाथि खुकुरी प्रहार भयो।
- खुकुरी हान्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ, भने घाइते विद्यार्थी नेताको उपचार भइरहेको छ।
- सार्वजनिक सुनुवाइको क्रममा स्थानीय र विद्यार्थी नेताहरूले विरोध जनाएका थिए, जसले गर्दा विवाद बढेको थियो।
पोखरा । पोखराको पाताले छाँगो ४० वर्षका लागि निजी क्षेत्रलाई दिने निर्णयसँगै भएको लफडाबिच बिहीबार एक जना विद्यार्थी नेतामाथि खुकुरी प्रहार भएको छ । विद्यार्थी नेता निर्दोष पौडेलमाथि खुकुरी हान्ने पोखरा-९ का बंशसिंह खवास पक्राउ परेका हुन् ।
पाताले छाँगो ४० वर्षलाई दिने गरी सेती क्यानोन प्रालिसँग २०७८ साउनमा सम्झौता भएको थियो । सार्वजनिक निजी साझेदारी अन्तर्गत सम्झौता भएपछि आईईई गर्ने क्रममा बिहीबार सार्वजनिक सुनुवाइ गरिएको छ । कार्यक्रमका क्रममा केही स्थानीय र विद्यार्थी नेताहरूले विरोध जनाएका थिए ।
बैदाम प्रहरी प्रमुख नवराज भट्टराईका अनुसार पौडेल र खवास दुवै घाइते छन् । ‘भाग्ने क्रममा उनलाई सामान्य चोट लागेको छ । उपचारबाट फर्केपछि थप विवरण आउँछ,’ उनले भने, ‘घटना हेर्दा दुई पक्षबिचको विवाद हो । तर डिटेल आएको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण