शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

नेपाल स्टक एक्सचेञ्ज र पुनर्बीमा कम्पनीले पाए नयाँ अध्यक्ष

शुक्रबार, २० भदौ २०८२, १९ : ०२
शुक्रबार, २० भदौ २०८२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज र पुनर्बीमा कम्पनीले पाए नयाँ अध्यक्ष पाएका छन् । शुक्रबार अर्थमन्त्री विष्णु पौडेलले मन्त्रिस्तरीय निर्णय गरी दुई संस्थाको अध्यक्ष नियुक्त गरेका हुन् । 

यसमध्ये अध्यक्षमा हेमन्त बस्याल नियुक्त भएका छन् भने पुनर्बीमा कम्पनीको अध्यक्षमा सुरेन्द्र पौडेल नियुक्त भएका छन् । 

यसअघि नेप्सेको अध्यक्षमा शोभाकान्त पोखरेल थिए । उनी सचिवमा बढुवा भएसँगै उक्त पद खाली थियो । पुनर्बीमा कम्पनीका देवराज ढुंगाना रहेका थिए ।

उनी सुरक्षण मुद्रण प्रेसको कार्यकारी निर्देशक नियुक्ति भएपछि दोहोरो पदमा थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप