ओलीको टिप्पणी : मिल्दोजुल्दो चरित्र र विचारका कारण प्रचण्ड र माधवकुमार नजिक भए
सारांश
- एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले न कायर र न उग्र वामपन्थी भड्काउको पक्षमा रहेको बताए ।
- ओलीले प्रचण्ड र माधवकुमार नेपाल मिल्दोजुल्दो चरित्रका भएकाले नजिक भएको बताए ।
- ओलीले सडेगलेका र विचार बिग्रेकाहरूसँग एमाले सहमत नहुने बताए ।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले न कायर न उग्र वामपन्थी भड्काउको पक्षमै रहेको बताएका छन् । दोस्रो विधान महाधिवेशन समापन समारोहलाई आइतबार गोदावरीमा सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको चरित्र मिल्दोजुल्दो भएकाले नजिक भएको बताए ।
‘मिल्दोजुल्दो चरित्र र राजनीतिक विचारका कारण प्रचण्ड र माधवकुमार नेपाल नजिकै नजिकै छन्’, ओलीको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले रातोपाटीलाई भने,‘जनतालाई साथी बनाउनु र तिनको सारथि बन्नु नै हाम्रो बिचार मिल्नु हो, त्यो तागत जनमतमा छ ।’
उनका अनुसार ओलीले सडेगलेका र विचार बिग्रेकाहरूसँग एमाले सहमत र सहकार्य गर्ने पक्षमा नरहेको प्रस्ट पारे । ‘सडेगलेका र विचार बिग्रेकासँग सहमत र सहकार्य हुन सक्दैन’, ओलीले भने, ‘कम्युनिस्ट नाम र झन्डा उस्तै उस्तै हुँदैमा एकता हुँदैन ।’
उनले नेकपा एकताको प्रक्रियामा देखिएका केही बेइमानहरू अलग्गै भएको टिप्पणी गर्दै एकता प्रक्रियाका केही सारथिहरू सँगसँगै रहेको बताए । ओलीले प्रचण्डले पहिल्यैदेखि अदालतलाई आफ्नो पार्टी अलग्गै गर्न हारगुहार गरेको समेत बताएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण