शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

विषालु च्याउ खुवाएर आफन्तलाई मारेको आरोपमा यी महिलालाई आजीवन कारावासको सजाय

सोमबार, २३ भदौ २०८२, १० : २५
सोमबार, २३ भदौ २०८२

सारांश

  • अष्ट्रेलियाको अदालतले आफन्तलाई विषालु च्याउ खुवाएर मारेको आरोपमा एक महिलालाई आजीवन कारावासको सजाय सुनायो।
  • महिलाले पूर्व पतिको आमाबुबा सहित तीन जनालाई विषाक्त च्याउ खुवाएर मारेकी थिइन्, जसलाई अदालतले हत्याको दोषी ठहर गरेको थियो।
  • यो घटना 'मशरुम मर्डर' को रूपमा चर्चित छ, र महिलाले आफूले अनजानमा च्याउ मिसाएको दाबी गरे पनि अदालतले स्वीकार गरेन।

मेलबर्न । अष्ट्रेलियाको एउटा अदालतले विषालु च्याउ खुवाएर आफन्तलाई मारेको आरोपमा दोषी ठहर भएकी महिलालाई आजीवन कारावासको सजाय सुनाएको छ ।

 दोषी महिला एरिन प्याटर्सनले आफ्नो पूर्व पतिका आमाबाबुलाई विषालु च्याउ खुवाएर मारेको यस घटनाले सारा संसार तरङ्गित बनेको थियो । यो मुद्दामा कस्तो फैसला आउला भनेर सारा संसारले हेरिरहेका थिए । 

के हो मामिला ?
पूर्व पतिका आमाबाबु सहित तीन जनालाई प्याटर्सनले विषाक्त च्याउ खुवाएर मारेकी थिइन् । प्याटर्सनलाई जुलाईमा हत्याको दोषी ठहराइएको थियो । सोमबार अदालतले उनलाई आजीवन कारावासको सजाय सुनाएको छ । उनले सन् २०२३ मा आफ्नो पूर्व पतिका आमाबाबु र काका–काकीलाई आफ्नो घरमा खाना खान निम्तो दिएकी थिइन् । 

यस क्रममा खानामा उनले विषाक्त च्याउ मिसाइन् । सो खाना खादा तीन जनाको मृत्यु भयो । यो मुद्दा संसारभर ‘मशरुम मर्डर’को रूपमा प्रसिद्ध छ । यी हत्याहरूको कारण अहिलेसम्म थाहा हुन सकेको छैन । 

आफूले अनजानमा खानामा विषाक्त च्याउ मिसाएको दाबी गरेकी प्याटर्सनले गरेकी थिइन् । तर, अदालतले उनको दाबी स्वीकार गरेन । यो घटना भएको पूर्व पतिसँग प्याटर्सनको झगडा भइरहेको थियो । बच्चाहरूको खर्चलाई लिएर दुवैबीच विवाद चलिरहेको थियो । अदालतको आदेश अनुसार, एरिनले ३३ वर्षपछि मात्र परोल पाउनेछिन् । त्यतिबेला उनी लगभग ८३ वर्षको हुनेछिन् । यो सजाय विरुद्ध अपील दिन पैटर्सनसँग २८ दिन बाँकी छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप