प्रविधिको क्रान्तिले चलचित्र उद्योगमा नयाँ अवसर ल्यायो : राजेश हमाल
सारांश
- अभिनेता राजेश हमालले प्रविधिको क्रान्तिले चलचित्र उद्योगमा चुनौती र अवसर ल्याएको बताए ।
- नेपाल चलचित्र कलाकार संघको स्थापना दिवसमा हमालले आफ्नो अभिनय यात्राको अनुभव सुनाए ।
- कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष र पत्रकार संघका अध्यक्षले मन्तव्य राखे ।
काठमाडौँ । अभिनेता राजेश हमालले विश्वव्यापी प्रविधिको क्रान्तिले चलचित्र उद्योगमा नयाँ चुनौतीसँगै अवसर पनि ल्याएको बताएका छन् । दर्शकको सोच र समयसँगै आउने परिवर्तनलाई चलचित्र क्षेत्रले स्वीकार गर्नुपर्ने उनको धारणा रहेको छ ।
नेपाल चलचित्र कलाकार संघको ३७ औँ स्थापना दिवसको अवसरमा राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै अभिनेता हमालले आफ्नो ३६ वर्ष लामो अभिनय यात्राको अनुभव समेत बाँडेका थिए ।
त्यस्तै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपाली चलचित्रलाई जोगाउन र रोजगारी सिर्जनामा हमालको योगदानको प्रशंसा गरे । उनले हमाललाई ‘महानायक’ भन्नेमा कुनै विवाद नरहेको बताए ।
चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामीले कलाकारको बोली र व्यवहारले दर्शकमा पार्ने प्रभावबारे सचेत गराए । अभिनेत्री अञ्जना बराइलीले आफूले चलचित्र क्षेत्रमा प्रवेश गर्दा कुनै प्रकारको ह्यारेस्मेन्ट नभोगेको अनुभव सुनाउँदै नयाँ महिला कलाकारलाई डराउनुपर्ने कारण नरहेको बताइन् ।
कार्यक्रममा थुप्रै कलाकारको सहभागिता थियो । कार्यक्रम अघि कलाकार संघले भण्डारखालमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण