रुसविरुद्ध प्रतिबन्ध लगाउने तयारीमा छन् ट्रम्प
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले रुसमाथि फेरि प्रतिबन्ध लगाउने धम्की दिएका छन्, युक्रेनमा रुसी आक्रमणपछि उनको कडा प्रतिक्रिया आएको हो।
- ट्रम्पले रुसविरुद्ध दोस्रो चरणको प्रतिबन्ध लगाउन आफू तयार रहेको बताएका छन्, जसले युक्रेन युद्धमा अमेरिकाको अडान थप कडा हुने संकेत गर्छ।
- रुसले युक्रेनमा ठूलो हवाई आक्रमण गरेको छ, जसमा राजधानी कीभस्थित मन्त्रिपरिषद् भवनमाथि आक्रमण हुँदा चार जनाको मृत्यु भएको छ।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पटक फेरि रुसविरुद्ध प्रतिबन्ध लगाउने तयारी गरिरहेका छन् । ट्रम्पले आइतबार फेरि एक पटक रुसमाथि नयाँ प्रतिबन्ध लगाउने धम्की दिएका छन् । रुसमाथि दोस्रो चरणको प्रतिबन्ध लागू गर्न आफू तयार रहेको ट्रम्पको भनाइ थियो । उनको यो बयानपछि अब युक्रेन युद्धमा कडा अडान आउने अनुमान गरिएको छ । युक्रेनमा रुसले गरेको ठुलो हवाई आक्रमणपछि उनको बयान आएको हो ।
ह्वाइट हाउसमा एक पत्रकारले उनलाई रुसविरुद्ध दोस्रो चरणको प्रतिबन्धमा जान तयार छन् कि छैनन् ? भनेर सोधेका थिए । यसको जवाफमा ट्रम्पले ‘हो, म तयार छु ।’ भन्न छोटो जवाफ दिएका थिए । ट्रम्पले पहिले रुस र यसका तेल खरिदकर्ताहरूमाथि कडा प्रतिबन्ध लगाउने धम्की दिएका थिए । अहिलेसम्म उनले ती प्रतिबन्धहरू स्थगित गरिराखेका थिए । ट्रम्पले सकेसम्म वार्ताबाटै युक्रेन युद्धको हल निकाल्न खोजेका थिए ।
तर उनको पछिल्लो बयानले अमेरिकाले रुसविरुद्ध आक्रामक अडान लिन सक्ने स्पष्ट पारेको छ । पदभार ग्रहण गर्दाखेरि ट्रम्पले युक्रेन युद्ध चाँडै समाप्त गर्ने दाबी गरेका थिए । तर द्वन्द्व जारी रहेपछि उनको क्रोधको पारा बढेको छ । अब अमेरिकाले दोस्रो चरणको प्रतिबन्धमा कस्ता नयाँ कदमहरू घोषणा गर्छ भनेर हेर्न बाँकी छ ।
शान्ति प्रयासको बिचमा रुसले आइतबार युक्रेनमा अहिलेसम्मकै ठुलो हवाई आक्रमण गरेको थियो । राजधानी किभमा रहेको मन्त्रिपरिषद् भवन सहित धेरै सहरहरूलाई लक्षित गर्दै ८०० भन्दा बढी ड्रोन र मिसाइलहरू रातारात प्रहार भए । यी आक्रमणमा एक नवजात शिशुसहित चार जनाको मृत्यु भएको छ । यस आक्रमणमा मन्त्रिपरिषद् भवनमा आगलागी भएको छ । सरकारी प्रतिष्ठानमा आक्रमण भएको यो पहिलो पटक हो ।
यो भवन युक्रेनको मन्त्रिपरिषद्को मुख्यालय हो, जहाँ मन्त्रीहरूका कार्यालयहरू छन् । रुसी आक्रमणपछि भवनको माथिल्लो भागमा आगलागी भएको छ । कीभमा रहेको सरकारी भवन बाहेक अन्य सहरहरूमा रहेका आवासीय अपार्टमेन्टहरूलाई लक्षित गरिएको अधिकारीहरूले भनेका छन् । धेरै भवनहरूमा ठुलो क्षति पुगेको छ । यस आक्रमणमा २० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा फ्रान्सको रूपान्तरण: आलोचनाबाट उपाधि दाबेदारसम्म
-
दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
रास्वपाले गठन गर्यो तीन आयोग
-
फेसबुकमै बोल्न डरमर्दो अवस्था : प्रविधिजन्य हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
-
डा. चेतना पौडेल जोडिएको रिट खारेज
-
भारतीय नीतिमा परिमार्जनसँगै नेपाली चिया निर्यात सहज, सुपारीको समस्या सल्टाउन पहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण